‘सलह’को समूह हवाई उडानका लागि पनि खतरनाक | Khabarhub Khabarhub

‘सलह’को समूह हवाई उडानका लागि पनि खतरनाक


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मावन जगतका लागि अर्को महामारी बनेर आएको सलह, हवाई उडानका लागि पनि खतरनाक सावित हुने सम्भावना देखिएको छ । क्षणभरमै हरियाली सफाचट पार्ने सलहका कारण भारतीय वायु सेवा कम्पनीहरु प्रभावित भएका छन।

सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै भारतीय हवाई उड्डयन नियामक संस्था डीजीसीएले विमानको उडान र अवतरणका बेला विशेष सावधानी अपनाउन एडभाइजरी नोटिस जारी गरेको छ।

सलहको समूहको बीचबाट वा नजिकबाट विमान उडान र अवतरण गर्न निषेध गरेको छ । यो एड्भाइजरी नोटिसको अवज्ञा गरेमा हवाई उडानका क्षेत्रमा गरिएको जघन्य गल्तीका रुपमा लिइने चेतावनी दिइएको छ।

उडान भर्ने र अवतरण गर्ने बेला सलहको हुल विमानको विण्डसिलमा ठोक्किएमा वाईपरको प्रयोग नगर्न पनि डीजीसीएले पाइलटहरुलाई सुझाएको छ । त्यसो गर्दा विमानको सिसामा फोहोर झनै छिरलिने र भिजनको समस्या उत्पन्न हुने बताईएको छ।

यसका अलावा विमानस्थलमा समेत सलहको उपस्थिति रहनसक्ने भन्दै डीजीसीएले विमानस्थल ब्यवस्थापन पक्षलाई पनि सतर्क रहन भनेको छ ।

विमानलाइ पार्किङ स्थलमा राख्दा विमानमा रहेका सबै प्वालहरुलाई राम्ररी बन्द गर्न ग्राउण्ड हेण्डलिङ विभागलाई पनि डीजीसीएले निर्देशन दिएको छ ।

विमानको उडान र अवतरण सुरक्षित बनाउन सलहको उपस्थिति भए नभएको बारे पुष्ट जानकारी राख्न डीजीसीएले एअर ट्राफिक कन्ट्रोलरलाई पनि सतर्क गराएको छ ।

यस बारेमा सबै जानकारी विमान कम्पनीहरुका अलावा पाईलटहरुलाई अनिवार्य रुपमा दिन निर्देशन समेत दिएको छ । दिउँसोको समयमा सलहको अधिक खतरा हुने भएपनि रातको समयमा यीनिहरु निष्कृय हुने भएकाले रातको समयमा उडान गर्दा सुरक्षित हुने सम्भावना डीजीसीएले ब्यक्त गरेको छ ।

पछिल्लो २६ बर्ष यताकै खतरनाक मानिएको यो सलहको प्रकोप पाकिस्तानबाट सुरु भएर भारतको पञ्जाब, गुजरात, उत्तर प्रदेश, महाराष्ट्र हुँदै मध्य प्रदेशसम्म फैलिसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ९ : ४८ बजे

बाबुराम र जनार्दनलाई साक्षी राखेर सुदन, सन्तोष र दुर्गाबीच ५ बुँदे सहमति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियार, प्रगतिशील राष्ट्रिय

राष्ट्रपति रनिङ शिल्ड तथा विश्वविद्यालय खेलकुद प्रतियोगिताका लागि निजी क्षेत्रसँग सहकार्य

काठमाडौं– केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड तथा विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजनाका

संसद् पुनर्स्थापना नै संवैधानिक समाधान : सभामुख घिमिरे

सुरुङ्गा– सभामुख देवराज घिमिरेले संसद् विघटनलाई गैर संवैधानिक, गैर कानुनी

कबड्डी टोली बंगलादेश जाने

काठमाडौं– दोस्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन १४ खेलाडीसहित १८

करोडौँ मूल्यका नगरबस प्रयोगविहीन

राँझा– नेपालगञ्ज उपमहानगरपालिकाका नगरबस प्रयोगविहीन अवस्थामा बसपार्कमा थन्किएका छन् ।  उपमहानगरपालिकाले