सुरक्षा कानूनले हङकङमा रहेका नेपालीको पनि कल्याण गर्छ – चिनियाँ दूतावास « Khabarhub

सुरक्षा कानूनले हङकङमा रहेका नेपालीको पनि कल्याण गर्छ – चिनियाँ दूतावास


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालस्थित चिनियाँ दूतावासले चीनको जनकंग्रेसले पास गरेको नयाँ सुरक्षा कानूनले हङकङमा रहेका नेपालीको पनि कल्याण गर्ने जनाएको छ ।

दूतावासले जारी गरेको बिज्ञप्तिमा चीनले हालै पास गरेको नयाँ सुरक्षा कानूनले हङकङमा रहेका नेपालीको पनि कल्याण गर्ने उल्लेख छ । हङकङमा करिब ३० हजार नेपाली स्थायी रुपमा बसोबास गरिरहेका छन्।

हङकङको दीर्घकालीन समृद्धि र स्थिरताले हङकङका नेपालीको मात्र नभई चीन–नेपाल सहयोग र सहकार्यको पनि सुरक्षा र कल्याण नयाँ सुरक्षा कानूनले गर्ने बिज्ञप्तिमा उल्लेख छ।

चीनको जनकंग्रेस (संसद) ले हालै हङकङका लागि पास गरेको राष्ट्रिय सुरक्षा कानून देश विभाजन गर्न खोज्ने केही व्यक्तिहरूप्रति मात्रै लक्षित रहेको काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले शुक्रबार राती जारी विज्ञप्तीमा जनाइएको छ ।

बिज्ञप्तिमा देश विभाजनमा उद्यत भएर आतंककारी गतिविधि गरिरहेका आन्तरिक एवं  बाह्य शक्तिप्रति उक्त सुरक्षा कानून आकर्षित हुने उल्लेख छ ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  १० : ३० बजे

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।