कोरोनाविरुद्धको खोप नेपालमै तयार भएको दाबी | Khabarhub Khabarhub

कोरोनाविरुद्धको खोप नेपालमै तयार भएको दाबी


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोना भाइरसविरुद्धको खोप तयार भएको जिकिर गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत सो कलेजका प्रा.डा.ललितकुमार दासले आफूले ६४ दिनको मेहनतपछि सो खोप तयार गरेको जिकिर गरेका हुन्।

वाग्मती प्रदेश केमिकल सोसाइटीका उपाध्यक्ष डा.दासले यसअघि हर्बल सेनिटाइजर बनाइसकेका छन् । सीमित स्रोतसाधन भए पनि अत्यन्त सूक्ष्मतापूर्व अध्ययनअनुसन्धानबाट खोप पूर्णरुपमा तयार भएको जिकिर गर्दै डा.दासले यसलाई परीक्षण प्रक्रियामा लगिने जानकारी दिए ।

एक हप्ता अगाडि वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले उक्त प्रयोगशालाको निरीक्षण गर्दै खोप निर्माण हुनेबित्तिकै परीक्षण गराइने आश्वासन दिएका थिए ।

वनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा बिएचडी गर्नुभएका डा.दासका अनुसार उक्त औषधि विभिन्न स्वास्थ्यबर्द्धक जडिबुटीबाट निर्माण गरिएको हो ।

केही एन्टी अक्सिडेन्ट एक्टिभिटी र इञ्जिमेटिक एक्सन भएको वनस्पति लिएर कोरोना भाइरसविरुद्धको खोप अनुसन्धान गरिएको हो ।

‘कोरोना भ्याक्सिन’को गुणस्तर र प्रयोगका लागि पहल गर्न सो कलेजका प्रमुख विजय यादवले सबैसँग आग्रह गरे । कलेजका प्रा.दामोदर गैरेले पनि डा.दासले रोग नियन्त्रणमा कोरोनाविरुद्ध खोप सहयोगी हुने विचार व्यक्त गरे ।

यसको छिटो परीक्षण गर्नुपर्ने समेत उनको आग्रह छ । संघीय सरकार एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप अनुसन्धानप्रति ध्यान दिनुपर्ने माग बुद्धिजीवी कृष्ण पाण्डेले गरे । – रासस 

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  १२ : २२ बजे

निजामती कर्मचारी अस्पतालमा घाइतेको उपचार हुँदै

काठमाडौं– नेपाल निजामती अस्पताल मीनभवनमा ‘जेन-जी पुस्ता’ले गरेको आन्दोलनका क्रममा

पहिरोले महकाली राजमार्ग अवरुद्ध, बीच बाटोमै रोकिए यात्रु

बैतडी– वर्षासँगै पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ ।

चाडपर्व नजिकिँदै गर्दा आन्दोलन र प्रकोपको चपेटामा सडक संरचना

काठमाडौँ – नेपालीका ठूला चाड दशैँ, तिहार र छठ नजिकिँदै

गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी भागेपछि संरक्षणमा चुनौती

चितवन– चितवन कारागारबाट एकसिङ्गे गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी फरार भएपछि

प्रधानमन्त्रीको प्रस्ताव : मन्त्री बन्नुस्, सन्दुक रूइतको जवाफ : बिरामीलाई छोड्न सक्दिनँ

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रूइतसँग छलफल