विप्लव नेकपाका नेता शर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश « Khabarhub

विप्लव नेकपाका नेता शर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- जिल्ला अदालत चितवनले विप्लव नेतृत्वको नेकपाका नेता अनिल शर्मा ‘विरही’लाई साधारण तारेखमा रिहा गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश हेमन्त रावलको इजलाशले शर्मालाई तत्काल हिरासतमुक्त गरी चिकित्सकको परामर्शविना फेरि पक्राउ नगर्न समेत आदेश जारी गरेको हो ।

गत २३ वैशाखमा पक्राउ परेका नेता शर्मालाई रिहा गर्न आदेश दिँदै अदालतले राज्यविरुद्धको अपराध हुने कुनै प्रमाण नदेखिएको भन्दै चिकित्सकको परामर्शविना अन्यत्र नलैजान र धरपकड समेत नगर्न भनिएको छ ।

प्रहरीले शर्माविरुद्ध अर्को जिल्लामा समेत मुद्दा दायर गरेको देखिएको भन्दै जिल्ला अदालत चितवनले शर्माका साथमा भेटिएको भनिएको विप्लव नेतृत्वको नेकपाको पर्चाकै आधारमा राज्यद्रोह भएको निष्कर्ष निकाल्न नमिल्ने आदेशमा भनिएको छ ।

कुनै पनि व्यक्तिलाई राजनीतिक दलको कार्यकर्ता हुन पाउने संवैधानिक व्यवस्था रहेको र विप्लव नेतृत्वको नेकपाको ध्वंशात्मक गतिविधिमाथि मात्रै सरकारले प्रतिबन्ध लगाएको तर राजनीतक दलमाथि प्रतिबन्ध लगाउने व्यवस्था संविधानले समेत परिकल्पना नगरेको आदेशमा भनिएको छ ।

आदेशमा के भनिएको छ ?

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ६ : ०८ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मुल्य

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

‘ओलीकै हठले प्रदेशमा कांग्रेस-एमाले समीकरण भत्कियो’

काठमाडौं- लामो समयदेखि सत्ताको वरपर घुमिरहने नेकपा, नेकपा एमाले र

चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गरेको ट्रम्पको दाबी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकाको निर्वाचनसम्बन्धी डाटामा घुसपैठ गरेको

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३-८४ लाई ‘शैक्षिक

तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौं– बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६ घटना