सोह्रखुट्टेमा युवतीमाथि दुर्व्यवहार गर्ने चिनियाँलाई सात दिन हिरासतमा राख्न अनुमति « Khabarhub

सोह्रखुट्टेमा युवतीमाथि दुर्व्यवहार गर्ने चिनियाँलाई सात दिन हिरासतमा राख्न अनुमति


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोह्रखुट्टेमा युवतीमाथि दुर्व्यवहार गर्ने चिनियाँलाई सात दिन हिरासतमा राख्न जिल्ला प्रशासन काठमाडौंले अनुमति दिएको छ।

आइतबार एक चिनियाँविरुद्ध अभद्र व्यवहारको मुद्दा दायर गरिएकोमा जिल्ला प्रशासन कार्यालयले सात दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको महानगरीय प्रहरी वृत्त लैनचौरका डीएसपी दिपक खड्काले जानकारी दिए।

शनिबार साँझ क्षेत्रपाटी चोकमा नेपाली युवतीमाथि चिनियाँले दुर्व्यवहार गरेपछि स्थानीयले कुटपिट गरी प्रहरीसमक्ष बुझाएका थिए।

‘दुई चिनियाँमध्ये एक जनाको गल्ति नभएको कारण मुद्दा चलेन’ उनले भने, ‘आज प्रशासनबाट सात दिन हिरासतमा राखि अनुसन्धान गर्न अनुमति लिएका छौं।’

क्षेत्रपाटी चोकमा एक चिनियाँले नेपाली युवती कफी खान जाम भनेर प्रस्ताव गरेको र ती युवती अगाडि हिँड्दा पनि उनी पछिपछि लागेर अभद्र व्यवहार गरेको देखपछि स्थानीयले हातपात गरेको खुल्न आएको डिएसपी खड्काले बताए ।

पीडित पक्षले शनिबार नै उजुरी दर्ता गर्न माग राखे पनि साँझ भएकोले आइतबार बिहान मुद्दा दर्ता भएको थियो।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ७ : २५ बजे

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान