जुवातास खेल्ने ८ सय ६ जना पक्राउ  | Khabarhub Khabarhub

जुवातास खेल्ने ८ सय ६ जना पक्राउ 


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु१ख ९२४२ नंको यात्रुवाहक बस जाँचका क्रममा लागुऔषधसहित झापा गौरीगञ्ज गाउँपालिका–३ का २४ वर्षीय समीर अधिकारीलाई शनिबार राति पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होवीन्द्र बोगटीले डाइजेपाम १४७ एम्पुल, फेनार्गन १४५ एम्पुल, नुर्फिन १४६ एम्पुलसहित अधिकारीलाई पक्राउ गरिएको जानकारी दिए । अधिकारीले झोलामा लुकाएर ल्याइएको अवस्थामा पक्राउ गरिएको प्रवक्ता बोगटीले बताए।

जुवातास खेल्ने ८०६ पक्राउ 

नेपाल प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा जुवातास खेल्ने तथा खेलाउने ८०६लाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालयअन्तर्गत रहेका काठमाडौँ, भक्तपुर र ललितपुर प्रहरीले चालू आवमा उपत्यकाका विभिन्न स्थानमा जुवातास खेल्ने तथा खेलाउने ८०६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँबाट ६३२, भक्तपुरबाट १४८ र ललितपुरबाट २६ रहेका छन् ।

काठमाडौँबाट साउन ६१, भदौ ११, असोज ८८, कात्तिक ८७, मङ्सिर ९४, पुस ७६, माघ ७८ र फागुनमा १३७ लाई पक्राउ गरेको छ । यस्तै भक्तपुरबाट साउन १४, भदौ १७, असोज ४०, कात्तिक ४३, मङ्सिर नौ, पुस सात र माघमा १८ पक्राउ परेका छन् भने ललितपुरबाट असोज ११, कात्तिक ११ र पुसमा चार पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये काठमाडौँ ८०, ललितपुर तीन र भक्तपुरका सातलाई मुद्दा दायर गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए । प्रहरीले जुवातासमा पक्राउ गरेकामध्ये काठमाडौँबाट साउन तीन, भदौ आठ, असोज ११, कात्तिक ९, मङ्सिर ९, पुस ८, माघ ९ र फागुनमा २३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । यस्तै भक्तपुरबाट भदौ दुई, असोज दुई, पुस एक र माघमा दुई तथा ललितपुरबाट असोजमा दुई र कात्तिकमा एक जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

प्रहरीले उपत्यकामा जुवातास खेल्ने तथा खेलाउनेसँग चालू आवमा मात्र रु एक करोड छ लाख ९७ हजार बरामदसमेत गरेको छ । बरामद भएको रकममध्ये काठमाडौँबाट रु ९२ लाख ३५ हजार, ललितपुरबाट रु एक लाख चार हजार र भक्तपुरबाट रु १३ लाख ५८ हजार रहेको प्रवक्ता ज्ञवालीले बताए।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले जुवातासले मानिसको भविष्य नै समाप्त पार्नसक्ने भन्दै उपत्यका प्रहरीले जुवातासमा विशेष कडाइ गरेको बताए।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ९ : १४ बजे

गर्मी बढेसँगै सर्पको बिगबिगी

महोत्तरी – वैशाख पहिलो साताको वर्षालगत्तै अचाक्ली गर्मी बढेसँगै महोत्तरीमा

कर्णाली प्रदेशमा बालबालिका खोजतलास केन्द्र सञ्चालन

कर्णाली– कर्णाली प्रदेश सरकारले बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र सञ्चालनमा

सगरमाथालाई नजिकैबाट नियाल्न गौरीटाप

गौरीटाप (सोलुखुम्बु)– बिहानको चिसो सिरसिर हावामा कालोचियाको चुस्की लिँदै गौरीटापमा

राष्ट्र बैंकको गभर्नर ‘काङ्ग्रेसले पाउन’ मिल्छ ?

काठमाडौं – केन्द्रीय बैंकमा गभर्नर नियुक्तिमा दलीय रस्साकस्सी चलिरहँदा नेपाली

जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि कुँवर र बुढालाई

जुम्ला– जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर कुँवरले जितेका छन् ।