बाँकेको ठुरियामा सवारी दुर्घटना, ११ जनाको घटनास्थलमै मृत्यु | Khabarhub Khabarhub

बाँकेको ठुरियामा सवारी दुर्घटना, ११ जनाको घटनास्थलमै मृत्यु


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी – २ ठुरियामा सवारी दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा फोर्स गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

बाँके प्रहरीका अनुसार, नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्जबाट सल्यान गईरहेको अवस्थामा दुर्घटना भएको हो। दुर्घटनामा सवारी चालक समेत गरि जनाको ११ को मृत्यु भएको छ । जसमा १० पुरुष र एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् ।

घाइतेहरुको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ । त्यसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । नाकाबाट नेपाल प्रवेश गरेका उनीहरूलाई सल्यान पठाइदै गर्दा दुर्घटना भएकाले उनीहरू सबै सल्यानकै हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ६ : १२ बजे

११ अंकले घट्यो नेप्से, १६५ वटा कम्पनीको सेयर मूल्यमा गिरावट

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.२९ अंकले घटेको छ

राहदानीको विषय समाधान उन्मुख छ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले हाल सेवाग्राहीको उच्च मागअनुसार राहदानी पुस्तिका केही

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत शाक्यले गरे पदभार ग्रहण  

काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुजित

‘सुशासनसहित निर्वाचन लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाइने छ’

जनकपुरधाम– जिल्ला प्रशासन कार्यालय, धनुषाले आगामी फागुन २१ गते हुने

पहाडको फेदीबाट हेर्दा अनौठो ‘स्काई केभ’

म्याग्दी–  सुख्खा पहाडको टुप्पोमा टाढैदेखि देखिने गोलो आकारको प्वाल ।