बाँके दुर्घटना : मृतक संख्या १२ पुग्यो, घाइते २१ मध्ये ३ जनाको अवस्था गम्भीर « Khabarhub

बाँके दुर्घटना : मृतक संख्या १२ पुग्यो, घाइते २१ मध्ये ३ जनाको अवस्था गम्भीर


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी – २ ठुरियामा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा फोर्स गाडी दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै र १ जनाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बाँके प्रहरीका अनुसार, नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा अरू २१ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर छ ।

भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्जबाट सल्यान गईरहेको अवस्थामा दुर्घटना भएको हो । दुर्घटनामा सवारी चालक समेत गरि जनाको १२ को मृत्यु भएको छ । मृतकमध्ये ११ पुरूष र १ महिला छन् ।

भारतबाट फर्किएकाहरूलाई सम्बन्धित जिल्लाका स्थानीय तहसँग समन्वय गरेर पठाइने गरिएकाले मृतक सबै सल्यानकै हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ६ : ३८ बजे

आँखा शिविरबाट वृद्धवृद्धा लाभान्वित

पर्वत– पर्वतको मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार

घोराही–लमही सडक विस्तार थालियो

दाङ– दाङको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु भएको छ

काभ्रेमा ‘बर्डफ्लु’को जोखिम हुन नदिन उच्च सतर्कता

काभ्रे– बर्डफ्लु रोगको सङ्क्रमणको जोखिम हुन नदिन काभ्रे र सिन्धुपाल्चोकमा

हलमा नेपाली फिल्मकाे व्यापार र शो न्यून

काठमाडौँ- अहिले हलमा दुई-तीन नेपाली फिल्म छन् । ‘हामी तीन

सञ्जालमा भाइरल भइसक्दा पनि अपराध रोक्न किन चुक्दैछ सरकार ?

काठमाडौँ – समाजमा हरेक दिन केही न केही घटना भएकै