अभिनेता सलमानले दिए मुम्बई प्रहरीलाई स्वास्थ्य सामग्री « Khabarhub

अभिनेता सलमानले दिए मुम्बई प्रहरीलाई स्वास्थ्य सामग्री


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता सलमान खानले मुम्बई प्रहरीका लागि पर्याप्त स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

अभिनेता सलमानले मुम्बई प्रहरीलाई १ लाख वटा सेनिटाइजर प्रदान गरेका छन् । उनले सेनिटाइजरसँगै प्रहरीको सुरक्षाका लागि सोही मात्रामा मास्क पनि प्रदान गरेका छन् ।

अग्रभागमा रहेर सधैँ खटिरहने प्रहरीहरूमा कोरोना संक्रमणको उच्च जोखिम रहेकाले उनीहरू सुरक्षित रहनुपर्छ भन्ने सलामान खानको भनाइ छ ।

मुम्बई प्रहरीसँगको सल्लाहमा प्रहरीको माग बमोजिम सलमानले आफू ब्रान्ड एम्बेस्डर रहेको कम्पनी फेस्टको तर्फबाट प्रहरीलाई सेनिटाइजर प्रदान गरेका हुन् । यो सेनिटाइजरले प्रहरीलाई धेरै हदसम्म सुरक्षित बनाउने सलमानको विश्वास छ ।

सलमानले गरेको यो सहयोगले मुम्बई प्रहरीलाई ठूलो प्रोत्साहन मिलेको त्यहाँका मुख्यमन्त्री उद्धव ठकरेले बताएका छन् । फिल्म क्षेत्रमा मात्र नभएर हरेक क्षेत्रमा सलमान खानले गरेको सहयोग प्रशंसनीय भएको पनि ठकरेले बताए ।

इदको अवसरमा मुम्बईका विभिन्न व्यक्तिलाई आफ्नो सामाजिक संस्था ह्युमेन वाइङका तर्फबाट खाना खुवाए । मुम्बईमा रहेका गरिबहरूलाई खाना खुवाउने उनको अभियान अझै जारी छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ११ : ३७ बजे

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित

रवि लामिछाने आज छुट्ने

काठमाडौं – सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

निर्वाचन आउन ७६ दिन बाँकी : समावेशी प्रतिनिधित्व गराउन कानूनमा संशोधन

काठमाडौं – समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार