अभिनेता सलमानले दिए मुम्बई प्रहरीलाई स्वास्थ्य सामग्री « Khabarhub

अभिनेता सलमानले दिए मुम्बई प्रहरीलाई स्वास्थ्य सामग्री


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता सलमान खानले मुम्बई प्रहरीका लागि पर्याप्त स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

अभिनेता सलमानले मुम्बई प्रहरीलाई १ लाख वटा सेनिटाइजर प्रदान गरेका छन् । उनले सेनिटाइजरसँगै प्रहरीको सुरक्षाका लागि सोही मात्रामा मास्क पनि प्रदान गरेका छन् ।

अग्रभागमा रहेर सधैँ खटिरहने प्रहरीहरूमा कोरोना संक्रमणको उच्च जोखिम रहेकाले उनीहरू सुरक्षित रहनुपर्छ भन्ने सलामान खानको भनाइ छ ।

मुम्बई प्रहरीसँगको सल्लाहमा प्रहरीको माग बमोजिम सलमानले आफू ब्रान्ड एम्बेस्डर रहेको कम्पनी फेस्टको तर्फबाट प्रहरीलाई सेनिटाइजर प्रदान गरेका हुन् । यो सेनिटाइजरले प्रहरीलाई धेरै हदसम्म सुरक्षित बनाउने सलमानको विश्वास छ ।

सलमानले गरेको यो सहयोगले मुम्बई प्रहरीलाई ठूलो प्रोत्साहन मिलेको त्यहाँका मुख्यमन्त्री उद्धव ठकरेले बताएका छन् । फिल्म क्षेत्रमा मात्र नभएर हरेक क्षेत्रमा सलमान खानले गरेको सहयोग प्रशंसनीय भएको पनि ठकरेले बताए ।

इदको अवसरमा मुम्बईका विभिन्न व्यक्तिलाई आफ्नो सामाजिक संस्था ह्युमेन वाइङका तर्फबाट खाना खुवाए । मुम्बईमा रहेका गरिबहरूलाई खाना खुवाउने उनको अभियान अझै जारी छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ११ : ३७ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन