इण्डोनेसियामा १०० वर्षीया वृद्धाले कोरोना जितिन « Khabarhub

इण्डोनेसियामा १०० वर्षीया वृद्धाले कोरोना जितिन


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इण्डोनेसियामा एक १०० वर्षीया वृद्धा कोरोना भाइरसको सङ्क्रमणपछि पूर्णरुपमा निको भएकी छिन् । स्थानीय सञ्चारमध्यमका अनुसार ती वृद्धा इण्डोनेसियाकी ‘सबैभन्दा बढी उमेरकी’ बिरामी हुन्, जसले कोभिड–१९ लाई हराइन् ।

कामतिम नाम गरेकी ती वृद्धा इण्डोनेसियाको दोस्रो ठूलो शहर सुरबायाको एक सरकारी अस्पतालमा भर्ना भएकी थिइन् ।

झण्डै एक महिनासम्म चिकित्सकको निगरानीमा रहेपछि कामतिमलाई अस्पतालले छुट्टी दिएको हो ।

पूर्वी जावाका गभर्नर खोफिफा इन्दर पारावासनाले भने, ‘कामतिम पूर्णरुपमा ठीक हुँदा अन्य वृद्ध व्यक्तिहरुलाई हिम्मत मिल्नेमा म विश्वस्त छु ।’

कामतिमकी बुहारी सिती अमीनाले समाचार एजेन्सी एएफपीसँगको कुराकानीमा उनले आमा पूर्णरुपमा ठिक हुनुमा सबैभन्दा ठूलो कारण ‘व्यक्तिगत अनुशासन र व्यवहारप्रति दृढता’ नै भएको बताइन् ।

उनले भनिन्, ‘आमाको बारेमा चिकित्सकहरुसँग कुराकानी हुँदा उहाँ निकै साहसी भएको बताउँथे । उहाँलाई बिरामी हुनुको डर थिएन, उहाँ सामग्रीको ध्यान राख्नुहुन्छ र समयमै औषधि लिनेबारेमा निकै सतर्क हुनुहुन्छ । सबैभन्दा ठूलो कुरा उहाँ सधै ठिक हुन चाहनु हुन्थ्यो । यस क्रममा उहाँले एक दिन पनि हिम्मत हार्ने कुरा गर्नु भएन ।’

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको अनुसार इण्डोनेसियामा अहिलेसम्म २६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ भने एक हजार ६ सय १३ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  २ : ०९ बजे

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको