नेपालमा कोरोनासँगै डेंगुको संक्रमण पनि बढ्दै « Khabarhub

नेपालमा कोरोनासँगै डेंगुको संक्रमण पनि बढ्दै


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कोराना संक्रमितको संख्या बढिरहेको समयमा अन्य सरुवा रोगको संक्रमण पनि थपिन थालेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेट मार्फत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा बासुदेव पाण्डेले अन्य सरुवा रोगको संक्रमण पनि देखिन थालेको बताएका हुन् ।

डा पाण्डेले कोरोना संक्रमणसँगै नेपालमा डेंगु रोगको संक्रमण पनि देखिन थालेको बताए । डा पाण्डेका अनुसार पुस यता हालसम्म ८२ जनामा डेंगु रोग देखिएको छ ।

डा पाण्डेका अनुसार देशभरका २६ जिल्लामा डेंगुका बिरामी भेटिएका छन् । जसमध्ये रुपन्देहीमा ३५, म्याग्दीमा १२, मकवनापुर, गोरखा र तनहुमा एक-एक जनामा संक्रमण भएको छ ।

यस्तै कास्कीमा १० जना , काठमाडौंमा ७ जना नवलपरासीमा एक जना, बाग्लुङमा २ जना ललितपुरमा २ जना,सुनसरीमा ४ जा पाल्पामा एक जना, नवलपरासी पश्चिममा एक जना, मोरङमा ३ जना, कपिलवस्तुमा ३ जना तेह्रथुममा २ जना बाँकेमा एक जना, डडेल्धुरामा एक जना, दाङमा एक जना र झापामा एकजना, उदयपुरमा एकजना, नुवाकोटमा दुइ जना, कैलालीमा २ जना धनकुटामा २ जना रामेछापमा १ र धादिङमा २ जनामा डेंगु रोग देखिएको छ ।

गत वर्ष नेपालमा१६ हजार जनामा डेंगुको संक्रमण देखिएको थियो भने ६ जनाको मृत्यु भएको डा पाण्डेले बताए ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ५ : २९ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ