विदेशबाट फर्किनेहरुलाई राख्न ‘होल्डिङ सेन्टर’ बनाउँदै ललितपुर महानगर « Khabarhub

विदेशबाट फर्किनेहरुलाई राख्न ‘होल्डिङ सेन्टर’ बनाउँदै ललितपुर महानगर


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाले विदेशबाट फर्किने वडा बासीहरुलाई राख्नका लागि प्रत्येक वडामा होल्डिङ सेन्टर  खोल्ने भएको छ ।

विदेशबाट नेपाल फर्कनेहरु कोरोना भाइरसबाट संक्रमित हुनसक्ने तर्फ सावधानी अपनाउँदै महानगरले होल्डिङ सेन्टर खोल्न लागेको हो ।

कोरोना भाइरसको संक्रमण फैलन सक्ने खतरालाई मध्यनजर गर्दै सरकारले असार दोस्रो सातापछि मात्रै अन्तर्राष्ट्रिय उडान खोल्ने बताएको छ ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले महानगरको प्रत्येक वडामा खोलिने यस्ता सेन्टरमा विदेशबाट फर्किएकाहरुलाई राखिने बताए । उक्त सेन्टरमा विदेशबाट आउनेहरु सिधैं उक्त सेन्टरमा तोकिएको अवधि बसेर आवश्यक परीक्षणहरु सकेपछि मात्रै घर जान पाउने छन् ।

सामाजिक विकास समितिका संयोजक तथा महानगर वडा नं २४ का अध्यक्ष दिनेश कार्कीले वडाहरुमा होल्डिङ सेन्टर राख्नका लागि त्यस्ता ठाउँहरुको पहिचान भइरहेको बताए ।

उनका अनुसार ती होल्डिङ सेन्टर सामुदायिक भवन, पाटी प्यालेस लगायतका ठाउँमा संचालन गरिनेछ । सामुदायिक भवन र पाटी प्यालेस नभएको ठाउँमा मात्रै विद्यालयलाई प्रयोग गरिने संयोजक कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ५ : ४३ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका