अनुसन्धानले देखायो उच्च पहाडमा बस्ने मानिसलाई कोरोना संक्रमणको खतरा कम « Khabarhub

अनुसन्धानले देखायो उच्च पहाडमा बस्ने मानिसलाई कोरोना संक्रमणको खतरा कम


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने मानिसलाई बेँसीमा बस्ने मानिसलाई भन्दा कोरोना भाइरस संक्रमणको प्रकोप कम हुने एक अध्ययनले देखाएको छ ।

सो अध्ययनकाअनुसार समुद्री सतहबाट तीन हजार मिटरभन्दा माथिको बस्तीका मानिसलाई यो भाइरसको संक्रमण तल्लो तहका मानिसको तुलनामा कम हुने पाइएको हो ।

अमेरिकी पत्रिका वासिङ्टन पोष्टले सो अध्ययनको समाचार दिएको छ । उक्त समाचारअनुसार यस अध्ययनमा अष्ट्रेलिया, बोलिभिया, क्यानाडा र स्वीट्जरल्याण्डका अनुसन्धानदाताहरुले सो अनुसन्धान गरेका हुन् ।

उनीहरुले बोलिभिया, इक्वेडर र तिब्बतको अध्ययन गरेका थिए । सो अनुसन्धानबाट समुद्री सतहबाट कम उचाइमा रहेका ती अरु देशको तुलनामा तिब्बतका मानिसमा कोरोनाको प्रकोप कम रहेको पाइएको हो ।

तिब्बत उच्च हिमाली क्षेत्रमा पर्दछ । अन्यत्रको तुलनामा तिब्बतका नागरिकमा संक्रमणको दरमा तीन गुणाले कमी पाइएको छ ।

उनीहरुले मार्च २३ देखि अप्रिल ३ सम्मका समुद्री सतहबाट कम उचाइमा रहेका सहरहरु र तिब्बत तथा यस्तै उच्च पहाडी इलाकाका सहरका ४ लाख २० हजार स्थानीय नागरिकसँगको अन्तरवार्ताबाट यो तथ्य पत्ता लगाएका हुन् । (रासस)

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ५ : ५१ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र