नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ८११ पुग्यो « Khabarhub

नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ८११ पुग्यो


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमितको संख्या १८ सय ११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपराह्न एक विज्ञप्ति जारी गर्दै थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले विज्ञप्ति जारी गर्दै नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् ।

सहप्रवक्ता डा अधिकारीका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु पाल्पा निस्दी गाउँपालिकाका १७ र ३६ वर्षका दुईजना पुरुष, नवलपरासी सरावल गाउँपालिकाका ६ वर्षीय बालक, गुल्मी रेसुंगा गाउँपालिकाका २६ वर्षका पुरुष रहेका छन् ।

यस्तै कपिलवस्तु मायाँदेवी गाउँपालिकाका १९,२१,२६,२६, २७, ३५ र ४० वर्षका पुरुषहरु र रुपन्देही गैडहवा गाउँपालिकाका ३ वर्षीया बालिका र ५४ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि आजै नियमित लाइभ अपडेटमा स्वास्थ्य मन्त्रालयले थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित लाइभ अपडेट मार्फत नेपालमा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ११ पुगेको छ भने हालसम्म नेपालमा कोरोनाका कारण ८ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ६ : २७ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु