एन्फाद्वारा आगामी वर्षका लागि ७० करोड बजेट विनियोजन « Khabarhub

एन्फाद्वारा आगामी वर्षका लागि ७० करोड बजेट विनियोजन


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ  (एन्फा)ले आगामी आर्थिक वर्षका लागि ७० करोडको बजेट विनियोजन गरेको छ ।

सोमबार बसेको कार्यसमति बैठकले विनियोजन गरेको बजेटको ५६ प्रतिशत फिफाको अनुदान, १० प्रतिशत एएफसीको अनुदान र बाँकी ३४ प्रतिशत एन्फाको स्रोतबाट बजेटको व्यवस्थापन हुने जनाएको छ ।

यसैगरी नोबेल कोरोना भाइरसको महामारीबाट फुटबलमा भएको क्षति न्युनीकरणका लागि फिफाले दिएको राहत प्याकेजबाट १ लाख डलर बबराबर राहत वितरण गर्ने निर्णय गरेको छ ।

बैठकले ए, बी र सी डिभिजन क्लबहरुलाई समान ७५–७५ हजार राहत दिने समेत निर्णय गरेको छ । जिल्ला संघहरुलाई पनि ७५ हजारका दरले सहयोग गर्ने निर्णय गरेको छ ।

बैठक झण्डै ७ घण्टा चलेको थियो । भर्चुअल बैठकमा एन्फा कार्यसमितिका सदस्यहरुले आ-आफ्ना धारणाहरु राखेका थिए ।

बैठकमा विवाद र शक्ति संचयका कुराहरु समेत उठेको सहभागी एक सदस्यले खबरहबलाई बताए ।

केही दिन अगाडि एन्फाले ललितपुर जिल्ला फुबटल संघका अध्यक्ष पुरुषोत्तम थापामाथिको कारबाहीको कुराले पनि स्थान पाएको उनले बताए ।  एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको विवादस्पद अभिव्यक्त्तिको समेत बैठकमा कुरा उठेको उनले बताए ।

एन्फा केन्द्रीय सदस्य दाबा लामाले अध्यक्षमाथि ठाडो प्रश्न उठाएपछि त्यसले छलफल निकै लम्बाएको स्रोतले बताएको छ ।

‘दाबाजीले अध्यक्ष शेर्पामाथि औला उठाउँदै ललितपुर जिल्ला अध्यक्षलाई अनुसाशनको कारबाही हुन्छ भने विवादास्पद अभिव्यक्ति दिने तपाईलाई किन कारबाही नगर्ने भन्दै प्रश्न गरेका थिए, ’ स्रोतले भन्यो ।

एन्फा अध्यक्ष शेर्पाले एक अनलाइन सञ्चारलाई दिएको अन्तर्वार्ताको अभिव्यक्तिले तराईका जनताको भावनामा चोट पुगेको भन्दै प्रतिनिधिसभामा  समेत विरोध भएको थियो ।

फुटबलको गभर्निङ बोडीको बैठक बसे पनि कोरोना महामारीले थलिएको फुटबललाई कसरी शुरु गर्ने वा कहिले देखि सुरुगर्न सकिन्छ भन्ने विषयले भने स्थान नपाएको स्रोतले बताएको छ ।

‘आजको बैठकले खासगरी कोरोनाले थलिएको फुटबललाई कसरी, कहिलेसम्म फर्काउने भन्ने छलफल गर्ने अनुमान गरिएको थियो,’ स्रोतले भन्यो, ‘तर, छलफल जति लामो भएपनि त्यसमा सहभागी एक जनाले पनि फुटबलका बारेमा चिन्ता र चाँसो नदेखाउनु नेपाली फुटबलका लागि चिन्ताको विषय हो । कलह र एक अर्काको बचाउ मै कार्य समिति बैठक सम्पन्न हुनु दुखद् हो ।’

बैठकले राष्ट्रिय टोलीका ३५ जना पुरुष र ३५ जना महिला टोलीका सदस्यलाई १५ हजारका दरले सहयोग प्रदान गर्ने निर्णय गरेको छ । एन्फा प्रशिक्षक, एन्फा कर्मचारी र लिग रेफ्रिहहरुलाई १० हजारका दरले राहत दिने निर्णय समेत भएको छ ।

यस्तै, एन्फाको साधारण सभा भाद्र १५ गते गर्ने निर्णय पनि कार्यसमिति बैठकले गरेको छ । कोरोना भाइरसको महामारी नरोकिए भर्चुअल साधारण सभा गर्ने निर्णय समेत भएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ८ : १२ बजे

टी–२० विश्वकप आजदेखि, उद्घाटन खेलमा पाकिस्तान र नेदरल्याण्ड्स भिड्ने

काठमाडौैं– आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलङ्कामा

खजुरा गाउँपालिकामा कानुन निर्माणले सेवा प्रवाहमा सहज

बाँके– बाँकेको खजुरा गाउँपालिकाले नयाँ कानुन बनाएर जनतालाई दिनुपर्ने सेवा

सङ्कटमा स्वास्थ्य बीमा : चलाउने की बन्द गर्ने दोधारमा सरकार

काठमाडौं- आम नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध

सडकका खाल्डाखुल्डी पुर्न ‘रेडिमिक्स’ तयार गर्दै सडक डिभिजन

चितवन– जिल्लाका मुख्य सडकमा हुने ससाना खाल्डाखुल्डी (पोटहोल) तत्काल पूर्ववत्

फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित

पाँचथर– पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित नगरपालिका घोषित भएको छ