विज्ञहरुको सुझावका आधारमा लकडाउनको ढाँचा फेर्ने तयारीमा सरकार « Khabarhub

विज्ञहरुको सुझावका आधारमा लकडाउनको ढाँचा फेर्ने तयारीमा सरकार


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउन चैत ११ मा सुरु हुँदा मुलुकमा कोभिड–१९ संक्रमित २ जना थिए । लकडाउनको ७० औं दिन अर्थात सोमबार यो संख्या १ हजार ८११ पुगेको छ ।

यहीबीचमा ८ जनाको संक्रमणले मृत्यु भइसकेको छ । यसले लकडाउन मात्रै कोभिड–१९ संक्रमण रोकथामको उपाय होइन भन्ने प्रष्ट्याएको छ ।

यो कुरा विज्ञहरुले बताउँदै आएपनि सरकारले लकडाउनलाई निरन्तरता दिँदै आएको छ ।

उद्योगी व्यवसायी लगायतले लकडाउन खुकुलो बनाउँदै व्यवसाय सञ्चालनको वातावरण बनाउन माग गर्न थालेका छन् ।

सबैतिरबाट दवाव पर्न थालेपछि भने सरकारले लकडाउनको ढाँचा बदल्ने तयारी थालेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले अब विशेषज्ञहरुको राय लिएर मोडालिटी बन्ने र त्यसकोआधारमा सरकार अघि बढ्ने बताए ।

मन्त्रिपरिषद्ले शनिबार जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने निर्णय गरेसँगै यो अवधिमा नयाँ ढाँचा तयार गर्न कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको छ ।

सोही निर्देशनअनुसार समिति र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नयाँ ढाँचा बनाइरहेका छन् ।

‘लकडाउन अब क्रमश: सामान्य बनाउँदै जानुपर्ने आवश्यकता बोध भएको छ,’ उच्चस्तरीय समन्वय समितिका सदस्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने, ‘विशेषज्ञहरूको राय लिएर नयाँ मोडालिटी बन्छ र त्यसका आधारमा सरकार अघि बढ्छ ।’

पछिल्लो पटक सरकारले लकडाउनको अवधि लम्ब्याएर जेठ ३२ गतेसम्म पुर्‍याएको छ । लामो समय लकडाउन हुँदा जनजीवन समेत प्रभावित बन्न थालेको छ ।

प्रहरीले सवारी साधनको जाँचलाई कडाई गरेको छ । अत्यावस्यक सेवा र पास नलिइ सञ्चालनमा आएका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ ।

यो अवधिमा अत्यावश्य खाद्य सामग्री र तरकारीका पसलहरु बिहान र बेलुका मात्र खुल्ने गरेका छन् । मानिसहरु सामाजिक दुरीलाई कायम गर्दै आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गर्ने गरेका छन् ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ९ : १६ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष