भारतीय प्रधानमन्त्री मोदीलाई पशुपतिनाथको आशिर्वाद लिएर सच्चिन श्रेष्ठको आग्रह « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीलाई पशुपतिनाथको आशिर्वाद लिएर सच्चिन श्रेष्ठको आग्रह


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथको आशिर्वाद लिएर सच्चिन आग्रह गरेका छन् ।

राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले मोदी आत्धात्मिक व्यक्तित्व भएकाले पशुपतिनाथ र मुक्तिनाथसँग आराधना गरी सत्यको मार्गमा हिड्ने शक्ति लिन आग्रह गरे ।

अतिक्रमणकारी प्रवृतिलाई सच्याएर सत्यको पक्षमा अडिग रहँदै नेपाल भारत सम्बन्धलाई सुधार गर्ने ऐतिहासिक मौका नगुमाउन पनि उनले मोदीलाई आग्रह गरे ।

उनले भने, ‘यो बेलामा पशुपतिनाथसँग, मुक्तिनाथसँग तपाइको आध्यात्मिक प्रकृतिको व्यक्तित्वको आधारमा तपाईले आराधना गर्नुहोस् । तपाईले शक्ति लिनुहोस् । तपाईले आशिर्वाद लिनुहोस् र यस्तो तपोभूमि, यस्तो पवित्र भूमिको एक इन्च भूमि पनि हामीले लिनु हुँदैन । हिजोको जुन अतिक्रमणकारी, कब्जा गर्ने प्रवृति रह्यो त्यसलाई सच्याएर सत्यको पक्षमा उभिन्छौँ र नेपाल भारत सम्बन्धको सम्बन्ध सुधार गराउँछौँ । इतिहासको निरन्तरतामा देखिएको प्रवृतिमाथि विजयी प्राप्त गछौँ भनेर सोच्नु भएको भने तपाई बधाई र धन्यवादको पात्र हुनुहुनेछ । नेपाल भारतको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन सहयोग हुनेछ । तपाईजस्तो आध्यात्मिक व्यक्तिलाई आग्रह गर्न चाहान्छौँ ।’

सत्तारुढ दल नेकपाका प्रवक्ता समेत रहेका श्रेष्ठले इतिहासका तथ्यहरु टेबुलमा राखेर समस्या समाधानका लागि नेपाल तयार रहेको बताए । उनले तथ्य र प्रमाणसहित समस्या समाधानका लागि नेपाल तयार रहेको र भारत सरकारले पनि यसलाई सकारात्मक रुपमा लिएर अगाडी बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  २ : ३१ बजे

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार