किसमिस पानीको पत्यारनै लाग्न नसक्ने लाभ, तपाईं पनि थाहा पाउनुहोस् « Khabarhub

किसमिस पानीको पत्यारनै लाग्न नसक्ने लाभ, तपाईं पनि थाहा पाउनुहोस्


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मानिसहरु स्वास्थ्य रहन के सम्म गर्दैनन् । खानपानदेखि जीवनशैलीसम्म सुधारगर्न लागि पर्दछन् । तर शरीरलाई स्वास्थ्य राख्न अति उपयोगी हुने किसमिसका गुणका बारेमा सायदै धेरै कमलाई थाहा होला ।

किसमिसको स्वादमात्र होइन यसको प्रभाव र गुण पनि स्वास्थ्यका लागी लाभदायक हुन्छ । किसमिस मात्र होइन, यसको पानी पनि अत्यन्त लाभदायक मानिन्छ । किसमिसको पानीले हाम्रो शरीरमा मेटाबलिज्मको स्तर नियन्त्रित गर्दछ ।

कसरी तयार पार्ने किसमिस पानी

स्वास्थ्यका लागी फाइदाजनक हुने किसमिसको पानी तयार पार्न एक मुठि किसमिसलाई रातभर पानीमा भिजाएर राख्नु पर्दछ । बिहान सोहि पानीमा भिजको किसमिसलाई मिचेर पिउनु पर्दछ ।

अथवा २० मिनेटसम्म मन्द आँचमा किसमिसलाई उमाल्नु पर्दछ । र त्यसलाई रातभर छाडेर भोलिपल्ट बिहान पिउनु पर्दछ । तर स्मरण रहोस्, गहिरो रंगको किसमिस मात्र छानेर खानु पर्दछ । सफा वा चम्किलो किसमिसमा रसाइनको प्रयोग भएको हुनसक्छ । जो स्वास्थ्यका लागी हानिकारक हुन्छ ।

यस्तो छ, किसमिस पानीको फाइदा
१. हरेक बिहान किसमिस पानीपिउनाले विशेषतःपेट सम्बन्धी रोगबाट फाइदापुर्याउँछ ।

यसको नियमित सेवनले कब्जीयत र एसिडिटीबाटसमेत छुटकारा पाउन सकिन्छ । यसले पाचन प्रणाली राम्रो बनाउँछ । साथै थकानबाट राहतपनि दिन्छ ।

२. अनियमित र बढेको कोलेस्ट्रोल लेवलका कारण बिभिन्न स्वास्थ्य समस्या भोग्नु पर्दछ । तर किसमिसको पानी पिउनाले यस प्रकारको समस्याबाट राहत मिल्दछ । किसमिस पानी हाम्रो शरीरमा ट्राईग्लिसेराइड्सको स्तर कमगर्न उपयुक्त मानिन्छ ।

३. किसमिसको पानीमा फ्लेवेनइड्स एन्टी अक्सीडेन्ट भरपुर मात्रामा पाइन्छ । यो हाम्रो छालामा आउने चाउरीपना कमगर्न लाभदायक मानिन्छ । बढ्दो उमेरमा चाउरीपनाबाट मुक्ति पाउन किसमिस पानीको सेवन अत्यन्त फाइदाजनक हुन्छ ।

४. किसमिस पानी अमाशयमा रस बनाउन असरदार मानिन्छ । यसको नियमित सेवनले मानिसको आमाशय स्वस्थ रहन्छ । शरीरमा मेटाबलिज्मको स्तर नियन्त्रित हुने गर्दछ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  १० : २६ बजे

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर