बुबा चंकीले सम्झाउँदा किन रिसाएकि थिइन् अनन्या « Khabarhub

बुबा चंकीले सम्झाउँदा किन रिसाएकि थिइन् अनन्या


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ र ‘पति पत्नी और वो’को रिमेकमा काम गरेकी अभिनेत्री हुन् अनन्या पाण्डे । दुई हिट फिल्ममा अभिनेत्रीका रुपमा देखा परेकी अनन्याका बारेमा उनको काम प्रतिको लगाव चर्चामा छ । सानैमा अभिनेत्री बन्ने रहर पालेकी अनन्या सन् ८० र ९० को दशकका चर्चित अभिनेता चंकी पाण्डेकी छोरी हुन् ।

लामो समय अभिनेताका रुपमा बलिउडमा काम गरेका चंकी पाण्डे केहि बर्षयता कमेडी वा खलपात्र कलाकार रुपमा काम गर्दै आएका छन् । उनी जमानामा ड्यासिङ हिरोका रुपमा मानिन्थे । तर सयमक्रम संगै उनको वर्चश्व बलिउडमा कम भयो र उनी केहि समय नेपाली फिल्ममा पनि देखा परे । तर यिनै चंकीकी छोरी एक पटक उनीसंग रिसाएकी थिइन् ।

अनन्याले ‘स्टुडेंट अफ द इयर २’ मा काम सकेपछि उनी ‘पति पत्नी और वो’ मा काम गर्न थालिन् । यस क्रममा उनको आर्कषण चलचित्रका अभिनेता कार्तिक आर्यन प्रति हुन थाल्यो । यी दुबैको अफेयरको चर्चा हुन थाल्यो ।

यसै दौरान चंकीले अनन्यालाई बोलाएर एक पटक मज्जाले सम्झाएका थिए कि, यदि करियरको शुरुआतमा नै कुनै नायिका प्रेममा पर्दछिन् भने उनलाई अगाडी बढ्न कठिन हुनेछ । चंकीको यस कुराबाट अनन्या रिसाएकी थिइन् ।

तर केहि समय पश्चात कार्तिक र सेफ अलि खानकी छोरी सारा अली खानबिच प्रेमको चर्चा हुन थाल्यो । र अन्ततः अनन्यालाई उनको बुवाको नसिहतमा सत्यता लाग्यो ।

त्यसयता अनन्या आफ्नो लक्ष्य प्रति बफादार रहदै कामलाई प्राथमिकता दिदै आएकि छन् । अहिले उनको मान्यता छ, करियरले तपाईलाई पर्खिदैन तर प्रेम पर्खने क्षमता राख्दछ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  १० : ५५ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा