कर बुझाउने समय असार ७ गतेसम्म थप « Khabarhub

कर बुझाउने समय असार ७ गतेसम्म थप


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कर बुझाउने समयसीमा थप गरेको छ । आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको हो ।

विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवाना लाग्ने सूचना निकालेको थियो । लकडाउनले व्यवसाय चौपट भएका बेला सरकारले कर तिर्न ताकेता गरेपछि त्यसको चौतर्फी आलोचना भएको थियो ।

यसअघि जेठ २५ गतेसम्म कर नबुझाए जरिवाना लाग्ने सूचना जारी गरेको आन्तरिक राजश्व विभागले असार ७ गतेसम्म कर बुझाउने समय थपेको हो । आजै अर्थ मन्त्रालयमा व्यवसायीहरुसँग भएको छलफलपछि सरकार आफ्नै निर्णयबाट पछि हटेको हो ।

चौतर्फी आलोचनापछि विभागले अर्को सूचना जारी गरेको हो । कर तिर्ने समय नथपे भद्र अवज्ञा गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले समेत आग्रह गरेका थिए ।

त्यसपछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ३ : ५६ बजे

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको