लकडाउन खुकुलो बनाउन सरकारलाई विज्ञहरुको सुझाव | Khabarhub Khabarhub

लकडाउन खुकुलो बनाउन सरकारलाई विज्ञहरुको सुझाव


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न क्षेत्रका विज्ञहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिएका छन् ।

बालुवाटारमा भएको छलफलमा विज्ञहरुले लकडाउन खुकुलो बनाउन सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

‘छलफलमा सहभागी अर्थविद्हरुले कोरोना संक्रमणकाबीच कसरी अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ भन्ने विषयमा सुझाव दिनुभयो,’ प्रेस सल्लाहकार थापाले भने, ‘विभिन्न क्षेत्रका २५ जना विषयगत विज्ञहरूले  कोरोना नियन्त्रण तथा रोकथाम र लकडाउन खोल्ने विषयमा आ-आफ्ना धारणा राख्नुभयो ।’

बैठकमा प्रधानमन्त्रीले सुरुमा विज्ञहरुलाई पालैपालो सुझाव दिन समय दिएका थिए ।

त्यसपछि आफ्नो विचार राख्दै प्रधानमन्त्रीले विज्ञ समूहको सुझावलाई ध्यानमा राख्दै लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे सरकारले आवश्यक निर्णय लिने जानकारी दिएको प्रेस सल्लाकहार थापाले बताए ।

बैठकमा अर्थशास्त्री, याेजनविद्, जेण्डरविज्ञ, सामाजिक अभियन्ता, चिकित्सक, जनस्वास्थ्यविदलगायतको सहभागिता रहेको थियो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि प्रधानमन्त्री ओलीले विभिन्न क्षेत्रका विज्ञहरुसँग पहिलो पटक छलफल गरेका हुन् ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  १० : ५० बजे

सर्वोच्चले पनि नछोडेका रविको पक्षमा हस्ताक्षर गर्न पुगे विपिन कार्की

काठमाडौं- सहकारी ठगी प्रकरण जस्तो गम्भीर आरोपमा सर्वोच्च अदालतले समेत

पाँच दिनभित्र ‘भिजिट भिसा’ प्रकरणबारे छानबिन संयन्त्र बन्छ : महेश बर्तौला

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले

जम्मा ११० जनाले हेरे दिलीपको फिल्म ‘हेल्लो काँशीराम’

काठमाडौं – नायक दिलीप रायमाझी अभिनित फिल्म ‘हेल्लो काँशीराम’ बक्स

कर्णाली प्रदेशसभाको बैठक स्थगन

कर्णाली– प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले अवरोध गरेपछि