कोरोना भाइरसको संक्रमणबाट बच्न यसरी गर्नुहोस् फर्निचरको सफाई | Khabarhub Khabarhub

कोरोना भाइरसको संक्रमणबाट बच्न यसरी गर्नुहोस् फर्निचरको सफाई


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वास्थ्य विज्ञका अनुसार कोरोना भाइरस धातुको सतहमा पाँच दिन र काठको सतहमा चार दिनसम्म जीवित रहनसक्छ ।

यस्तोमा विज्ञहरु कोरोनाको संक्रमण नफैलियोस् भन्नका लागी ती सतहको नियमित सफाइ हुन आवश्यक छ । खासमा किटाणुनासकले सतह अर्थात शौचालय, धारा, ट्युबेल, सोफा र अन्य सामग्रीको सतहलाई सहजै सफा गर्न सकिन्छ ।

आज हामी यस लेख मार्फत फर्नीचरको सरसफाईको सहि तरीकाका बारेमा जानकारी दिदैछौ ।

किन आवश्यक छ, फर्निचरलाई डिसइन्फेक्ट गर्न ?
घरको फर्निचरमा दिनभरमा कति मानिसको उठबस हुन्छ । कति धेरै मानिसले त्यसलाई छुने गर्दछन् । यस्तोमा फर्निचरमा प्रसारित हुने क्षमताको कोरोना भाइरसको खतरा बढेर जान्छ । त्यसैले घरको फर्निचरलाई निर्मलीकरण गर्न अत्यन्त आवश्यक हुन्छ ।

कसरी डिसइन्फेक्ट गर्ने फर्निचर ?
सर्वप्रथम भ्याकुम क्लिनरको मद्दतले फर्निचरको मुनिको भागलाई सफा गर्नु पर्दछ । त्यसपछि क्रमशः माथिल्लो सतहतर्फ बढ्नुपर्छ । यस क्रममा हातमा पञ्जा र मुखमा मास्क अनिवार्य हुन्छ ।

अब पुर्णरुपमा धुलो सफा भएको फर्निचरको हरेक सतहमा किटनासक स्प्रेको प्रयोग गर्न सकिन्छ । यदि स्प्रे नभएमा पानीमा ६०–९० प्रतिशत रबिंग आइसोप्रोपिल अल्कोहललाई दुई–एकको अनुपातमा मिलाएर किटनासक तयार पार्न सकिन्छ । यसलाई अझ प्रभावी बनाउन ब्लिचिग पाउडर पनि प्रयोग गर्न सकिन्छ ।

अब यी स्प्रेले तबसम्म फर्निचरको सतहमा स्प्रे गर्नुहोस् जबसम्म त्यहा तुवाँलो वा हुस्सु जस्तो देखिदैन । तर यसरी स्प्रे गर्दा ६ देखि ८ इञ्चको दुरीमा रहेर गर्नुहोला । यदि उक्त स्प्रे उब्रिएमा नफ्याक्नुहोला । यसले फर्निचरका अलावा धातुका सतह जस्तै ताला, चाबी, ढोकाका ह्याण्डिलमा प्रयोग गर्न सकिन्छ । वा अन्य कुनै सतह पुछ्न पनि सकिन्छ ।

अब स्प्रे पछि फर्निचरलाई सुख्खा नरम कपडाले हल्का दबाबमा पुछ्नुहोला । सोफाका कुसन, गद्दा, लगायतका अन्य कपडाका सामाग्रीलाई केहिबेर घाममा राख्नुहोला । यदि गद्दा निकाल्न नमिल्ने छ भने सुख्खा कपडाले तिनलाई ढाकेर राख्नुहोस् ।

डिसइन्फेक्टेट गर्दा पिपिई लगाउन आवश्यक हुन्छ । साथै अनिवार्य रुपमा झ्याल, भेन्टिलेसन खोल्नुहोला । काम सकिएपछि २० सेकेण्डसम्म साबुन पानिले मजाले हात धुनुहोस् ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ९ : २५ बजे

इलाम–२ को अपडेट : फराकिलो अग्रतामा सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप– रामेछापका विभिन्न सामुदायिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई

जिरी नगरपालिमा सबै योजनाको सम्झौता सम्पन्न

दोलखा– जिल्लाको जिरी नगरपालिकाले चालु वर्ष वितरण गरेका सत् प्रतिशत

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै

हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि