धरानमा आगलागी हुँदा २ जनाको मृत्यु « Khabarhub

धरानमा आगलागी हुँदा २ जनाको मृत्यु


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको धरानस्थित एक घरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ ।

सुनसरीको धरान-१५ स्थित नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले आगलागीमा परी दुई जनाको मृत्यु भएको पुष्टि गरे ।

उनले भने, ‘आगलागी के कसरी भएको हो यसबारे अनुसन्धान भइरहेको छ, आगलागीमा परी २ जनाको जलेर मृत्यु भएको छ ।’

उनका अनुसार स्थानीय ८७ वर्षीया धनमाया श्रेष्ठ र ५८ वर्षीया सीता श्रेष्ठको आगोले जलेर मृत्यु भएको छ ।

दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी छ ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  १० : ४६ बजे

बागमतीका मुख्यमन्त्री भन्छन्- राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायो

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले राज्यले निर्माण व्यवसायीमाथि आतंक

नोबेल पुरस्कार विजेताको प्रमुख आतिथ्यतामा त्रिविको दीक्षान्त हुँदै

कीर्तिपुर- नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा

बङ्गलादेशमा विद्यार्थी नेताको हत्यारालाई पक्राउ गर्न आन्दोलनकारीको माग

ढाका – गत वर्षको विद्यार्थी आन्दोलनका एक प्रमुख व्यक्तिलाई गोली

सिफारिस भएर आएका नामहरूलाई केन्द्रमा पठाउने कांग्रेस लुम्बिनीको निर्णय

बुटवल- नेपाली कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभा

लुटपाट गरिएका हातहतियार बेवारिसे भेटिए

झापा – यहाँको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा