कोरोना संक्रमण बढिरहेका बेला स्वास्थ्य सेवाका कर्मचारी हेरफेर | Khabarhub Khabarhub

कोरोना संक्रमण बढिरहेका बेला स्वास्थ्य सेवाका कर्मचारी हेरफेर


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामको चुनौती थपिएको समयमा स्वास्थ्य सेवाका केही कर्मचारी सरुवा गरेको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने समयमा आफ्नो मातहतका विभाग, माहाशाखा तथा केन्द्रीय अस्पतालका प्रमुखहरुको सरुवा गरेको हो ।

मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख रघुराम विष्टका अनुसार स्वास्थ्य मन्त्रालयले मन्त्रालय, विभाग तथा केही अस्पताल प्रमुखहरुको जम्मेवारी हेरफेर गरेको छ ।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा ल्याइएको छ । यस्तै विभागको महानिर्देशकमा स्वास्थ्य मन्त्रालयमा रहेका डाक्टर दिपेन्द्ररमण सिंहलाई पठाएको छ ।

यस्तै थापाथलीको प्रसुती तथा स्त्री रोग अस्पतालका निर्देशक डाक्टर जागेश्वर गौतमलाई पनि स्वास्थ्य मन्त्रालयमा ल्याइएको छ । डा गौतमको ठाउँमा कोशी अस्पतालकी डाक्टर संगीता कौशल मिश्रालाई जिम्मेवारी दिइएको छ ।

यस्तै स्वास्थ्य सेवा विभाग अन्तर्गत गरहेको व्यवस्थापन महाशाका निर्देशक डा भोगेन्द्र डोटेललाई पनि स्वास्थ्य मन्त्रालयमा सरुवा गरेको छ । उनको पदमा राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका निर्देशक डाक्टर रमेश खरेललाई पठाएको छ ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि एकजुट भएर लाग्नुपर्ने समयमा कर्मचारी सरुवा गर्नु उपयुक्त नभएको मन्त्रालयका एक कर्मचारीले बताए ।

“देश कोरोनाको चपेटामा भएको समयमा यसरी कर्मचारी सरुवा गर्नु राम्रो कुरा होइन,” नाम नबताउने सर्तमा एक कर्मचारीले भने, अहिले संकटको समयमा कर्मचारी सरुवा गर्दा कर्मचारीमा अन्योलता सिर्जना हुन्छ । अहिले त हरेक मिनेट र सेकेन्डको महत्व छ, नयाँ ठाउँमा सरुवा हुँदा कर्मचारीले पहिला सम्बन्धित शाखा बुझ्नुपर्छ ।”

स्वास्थ्य मन्त्रालयका स्वास्थ्य मन्त्री निटक एक कर्मचारीक अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठ र व्यवस्थापन महाशाखाका निर्देशक प्रति स्वास्थ्य सामाग्री खरिदको विषयलाई लिएर स्वास्थ्य मन्त्री असन्तुष्ट छन् ।

‘मन्त्रालयले बनाएको योजना कार्यान्वयन गर्ने विभाग, महाशाखाहरुले नै हो, अहिलेको समयमा सबैभन्दा महत्वपूर्ण निकाय स्वास्थ्य सेवा विभाग नै हो,’ स्रोतले खबरहबसँग भन्यो, ‘ सम्बन्धित विभाग र महाशाखा प्रमुखले राम्रोसँग काम गरेनन् भनेर मन्त्रीज्युले सरुवा गर्नुभयो ।’

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ६ : ४६ बजे

तिहार : प्रकृति, प्रेम र प्रकाशको दिव्य संगम

हिन्दुको महान चाड तिहार घरदैलोमा टेकिसकेको छ। प्रकृति, प्रेम र

गोरू तिहार, गोवर्धन र म्ह पूजाको महिमा

काठमाडौं – गोवर्धन पूजा, गोरू तिहार र म्ह पूजा तिहारको

देउसी भैलोमार्फत् मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

बागलुङ – बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका

‘स्कुटर’ दुर्घटना हुँदा दुई जनाको मृत्यु

भरतपुर – चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी