नेपालका ६५ जिल्लामा फैलियो कोरोनाको संक्रमण, कुन प्रदेशमा कति संक्रमित ? (सूची सहित) « Khabarhub

नेपालका ६५ जिल्लामा फैलियो कोरोनाको संक्रमण, कुन प्रदेशमा कति संक्रमित ? (सूची सहित)


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबारसम्म नेपालका ६५ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

जसमध्ये प्रदेश नं २ मा सबैभन्दा बढी र गण्डकी प्रदेशमा सबैभन्दा कम कोरोना संक्रमितहरु रहेका छन् ।

हालसम्म नेपालमा २६ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । २९० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने १० जनाको कोरोनाको कारण ज्यान गएको छ ।

यस्तो छ प्रादेशिक विवरण

प्रदेश नं १ मा हालसम्म १२ जिल्लाका १९७ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश २ का ८ (सबै) जिल्लाका ९ सय ६३ जना कोरोना संक्रमण देखिएको छ ।

बाग्मती प्रदेशका १२ जिल्लाका ५९ जनामा कोरोना संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशका ७ जिल्लाका ५३ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश नं ५ का ११ जिल्लाका ८ सय ९८ जनामा कोरोना संक्रमण देखिएको छ ।

कर्णाली प्रदेशका ६ जिल्लाका ३ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ ।

सुदूरपश्चिम प्रदेशको ९(सबै) जिल्लाका ८१ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  १० : २४ बजे

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका