नेपालका ६५ जिल्लामा फैलियो कोरोनाको संक्रमण, कुन प्रदेशमा कति संक्रमित ? (सूची सहित) | Khabarhub Khabarhub

नेपालका ६५ जिल्लामा फैलियो कोरोनाको संक्रमण, कुन प्रदेशमा कति संक्रमित ? (सूची सहित)


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबारसम्म नेपालका ६५ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

जसमध्ये प्रदेश नं २ मा सबैभन्दा बढी र गण्डकी प्रदेशमा सबैभन्दा कम कोरोना संक्रमितहरु रहेका छन् ।

हालसम्म नेपालमा २६ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । २९० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने १० जनाको कोरोनाको कारण ज्यान गएको छ ।

यस्तो छ प्रादेशिक विवरण

प्रदेश नं १ मा हालसम्म १२ जिल्लाका १९७ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश २ का ८ (सबै) जिल्लाका ९ सय ६३ जना कोरोना संक्रमण देखिएको छ ।

बाग्मती प्रदेशका १२ जिल्लाका ५९ जनामा कोरोना संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशका ७ जिल्लाका ५३ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश नं ५ का ११ जिल्लाका ८ सय ९८ जनामा कोरोना संक्रमण देखिएको छ ।

कर्णाली प्रदेशका ६ जिल्लाका ३ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ ।

सुदूरपश्चिम प्रदेशको ९(सबै) जिल्लाका ८१ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  १० : २४ बजे

बक्सिङका पूर्व विश्व च्याम्पियनको ४६ वर्षको उमेरमा निधन

लन्डन – बक्सिङ खेलका पूर्व विश्व विजेता रिकी ह्याटनको निधन

क्षतिको पारदर्शी मुचुल्का तयार पार्न अनुरोध

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालयमा

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

काठमाडौं–  ऐतिहासिक सिंहदरबार जेन–जी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको

फिर्ता हुन थाल्यो लुटिएको चामल र चिनी

सिरहा– सिरहाको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको

दोहोरो मापदण्ड नअपनाउन इजरायललाई कतारको चेतावनी

दोहा – कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल