हावाहुरी प्रभावित क्षेत्रमा औषधि, खाद्यान्न र त्रिपाल आवश्यक : प्रदेश सरकार « Khabarhub

हावाहुरी प्रभावित क्षेत्रमा औषधि, खाद्यान्न र त्रिपाल आवश्यक : प्रदेश सरकार


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– बारा, पर्सामा हावाहुरीबाट भएको क्षतीको अध्ययनका लागि प्रदेश सरकारले पाँच सदसीय राहत तथा उद्धार व्यवस्थापन उच्चस्तरीय समिति गठन गरेको छ ।

प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को सोमबारको बैठकले आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय राहत तथा उद्धार व्यवस्थापन उच्चस्तरीय समिति गठन गरेको हो ।

समितिमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री राम नरेश राय, सामाजिक विकासमन्त्री नबल किशोर साह, मुख्य न्यायधिवक्ताको कार्यालयका मुख्यन्यायधिवक्त्ता  दीपेन्द्र झा र आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव अरुण कुमार झा रहेका छन् ।

प्रदेश सरकारले घटना परी निधन भएकाको परिवारलाई प्रति परिवार तीन लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने, सम्पूर्ण घाइतेहरुको उपचार प्रदेश सरकारले गर्ने निर्णय समेत गरेको छ ।

प्रदेश सरकारले विपद व्यवस्थापन उद्धार, उपचार र तत्काल राहत उपलब्ध गराउन संघीयर सरकार, स्थानीयर सरकार र सरोकारवाला सबैलाई अनुरोध समेत गरेको छ ।

प्रभावित क्षेत्रमा तत्काल औषधि, खाद्यान्न र त्रिपाल लगायतका सामग्रीहरु आवश्यक रहेकाले जिल्ला दैवी प्रकोप उद्धार समितलिाई क्रियाशील रहन निर्देशन समेत दिएको छ ।

प्रदेश सरकारले राहत र उद्धारका लागि सहयोग गर्न प्रदेश २ को राष्ट्रिय वाणिज्य वैंक लिमिटेडको जनकपुरशाखामा रहेको मुख्यमन्त्री राहत कोषको खाता नं. १२२०५०३०००००० मा सहयोग गरीदिन अपिल समेत गरेको छ ।

प्रदेश सरकारको निर्णय

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ४ : ३३ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र