आजदेखि विदेशमा रहेका नेपालीको उद्धार, २३६ नेपालीलाई आज ल्याइदै « Khabarhub

आजदेखि विदेशमा रहेका नेपालीको उद्धार, २३६ नेपालीलाई आज ल्याइदै


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारले आजदेखि उद्धार सुरू गर्दैछ ।

दैनिक २९ सय जनालाई उद्धार गर्न सकिने तयारी पूरा भएपछि सरकारले आजदेखि विदेशमा रहेका तर महामारीले अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्न लागेको हो ।

पहिलो चरणमा आज म्यानमारबाट २६ जना नेपाली र युनाइटेड अरब इमिरेट्स (युएई) बाट २१० जना नेपालीलाई काठमाडौं ल्याउन लागिएको छ ।

म्यानमारबाट त्यहाँको सैनिक जहाजले नेपालीलाई लिएर आउनेछ भने युएईबाट चाटर्ड जहाले २१० नेपाली नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

उद्धार गरेर ल्याएका नेपालीहरूलाई नेपाली सेनाले तयार पारेको होल्डिङ सेन्टरमा राखिनेछ । त्यहाँ स्वास्थ्य परीक्षण लगायतका काम सकेर संक्रमण नदेखिए उनीहरूलाई सम्बन्धित स्थानीय तहमा पठाइनेछ ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ६ : ५० बजे

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित