हावाहुरीले तहसनहस पारेको क्षेत्रमा धुर्मुस, भन्छन्– आँधी आए तराईमा पहाडले छेक्नुपर्छ | Khabarhub Khabarhub

हावाहुरीले तहसनहस पारेको क्षेत्रमा धुर्मुस, भन्छन्– आँधी आए तराईमा पहाडले छेक्नुपर्छ


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हावाहुरीले मानवीय क्षतिसहित भौतिकक्षति पुगेपछि सामाजिक अभियन्ता एवं कलाकार सिताराम कट्टेल (धुर्मुस) उद्दार र राहतका लागि प्रभावित क्षेत्र गएका छन् ।

उनले सामाजिक सञ्जालमा आँधी हुरीले तराईमा तहसनहस गरेको समाचाले आफूलाई बेचैन बनाएको बताउँदै ज्यान गुमाउनेहरु प्रति श्रद्धान्जली, घाउचोट लागेकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शोक सन्तप्त परिवारप्रति धैर्य धारणको शक्ति मिलोस् भन्ने कामना गरेका छन् ।

सामाजिक सञ्जालमा धुर्मुस् लेख्छन्,‘आफूले सकेको सहयोग गर्न काठमाडौंबाट बारा÷पर्साका लागि निस्किएको छु । अनि सम्झिरहेको छु दिनेश अधिकारी ज्यूका शब्दः

पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ

आँधी आए तराईमा पहाडले छेक्नुपर्छ ।’

आइतबार साँझ आएको हावाहुरीबाट बारा पर्सामा ३२ जनाको मृत्यु भएको र ६०० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट घर भत्किँदा बारा जिल्लाको ठेटा गाउँपालिकामा सबैभन्दा बढी मानवीय क्षति भएको छ भने तेलकुवा, सिम्रनगढ, त्रसैनी, भलुही, हार्दिया, पशुरामपुर, धर्मनगरलगायतका ठाउँमा मानवीय क्षति र धनजनको क्षति भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  १२ : १३ बजे

भुटानमा जलविद्युत् परियोजनाको उद्घाटन गर्न प्रधानमन्त्री मोदीको उच्चस्तरीय भ्रमण

नयाँदिल्ली– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार छिमेकी तथा मित्रराष्ट्र भुटानको

मुख्यमन्त्री कार्कीद्वारा शुभकामना

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किरात धर्मका महान् गुरु

एक सातामा १ सय ८२ जनामा डेंगु संक्रमण, संक्रमितको संख्या ७ हजार ५ सय नाघ्यो 

काठमाडौं– पछिल्लो एक सातामा देशभर १ सय ८२ जना डेंगु

कैलालीमा धान उत्पादन घट्यो

कैलाली– कैलालीमा यस वर्ष बर्खे धानको उत्पादन घटेको छ ।

बारपाक–लाप्राक सडकखण्डमा सवारी आवागमन बन्द

गोरखा– गोरखाको बारपाक–लाप्राक सडकखण्ड स्तरोन्नतिका लागि सवारी आवागमन बन्द गरिएको