काठमाडौँ – मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा रकम असुलेर ठगी गरेको कसुरमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्यालमाथि अनुसन्धान गर्न अदालतले चार दिनको म्याद दिएको छ ।
काठमाडौँ जिल्ला अदालतमा शुक्रबार भएको थुनछेक बहसमा संलग्न पक्षको जिकिर सुनेपछि अदालतले अर्याललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
अदालतका सूचना अधिकारी शिव खतिवडाले प्रहरीको मागबमोजिम अनुसन्धानका लागि उक्त म्याद थप गरिएको जानकारी दिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्याललाई शुक्रबार नै जिल्ला सरकारी वकिलको कार्यालयमार्फत म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।
वैदेशिक रोजगारीका क्रममा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने नाममा अवैध रूपमा रकम असुलेर ठगी गरेको अभियोगमा सीआईबीले उनलाई बिहीबारपक्राउ गरेको थियो ।
भारतमा पक्राउ परेका उनलाई प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याएको हो ।

















प्रतिक्रिया