विपद् व्यवस्थापनका लागि उद्धार टोली तयार « Khabarhub

विपद् व्यवस्थापनका लागि उद्धार टोली तयार


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- वर्षायामलाई ध्यानमा राखी आइपर्ने विपद् व्यवस्थापनका लागि उद्वार टोली तयार गरिएको छ ।

सम्भावित खोज तथा उद्धारका लागि लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजङ्ग गणका तर्फबाट ३० तथा नेपाल प्रहरी एवं सशस्त्र प्रहरी बलका १०–१० गरी ५० जनाको उद्धार टोली तयार गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

टोली मनसुनबाट हुनसक्ने क्षति न्यूनीकरण गर्दै आपत्कालीन अवस्थामा तुरून्त परिचालन गर्न सक्ने बताइएको छ । यस्तै बाढीपहिराको असरले क्षति हुन सक्ने नेपाल चीनबीचको बेत्रावती, मैलुङ, स्याफ्रुबेँसी, रसुवागढी अन्तरराष्ट्रिय राजमार्ग एवं सहायक मार्गको संरक्षणका लागि समितिले जिल्लाका सबै गाउँपालिकालाई जिम्मेवारी दिएको छ ।

वर्षायाममा राजमार्ग निरन्तर चालु गराउन उत्तरगया, कालिका एवं गोसाइँकुण्ड गाउँपालिका तथा सिम्ले, भोर्लेतर्फ नौकुण्डका साथै थाम्बुचेततर्फको सहायक मार्ग संरक्षण गराउन आमाछोदिङ्मो गाउँपालिकालाई जिम्मेवारी तोकिएको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

वर्षायाममा आकस्मिक पहिरो पन्छाउने कार्यमा सदाझैँ जिल्लाभित्र सञ्चालित जलविद्युत् आयोजना र गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबेँसी सडक सुधार आयोजनासमेतको स्वामित्वमा रहेका स्काभेटर जस्ता उपकरण प्रयोगमा ल्याइने व्यवस्था मिलाइएको प्रजिअ पन्तले जानकारी दिए ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  १० : २५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै