यूएईबाट नेपाल आउन १५७ जनाले बोर्डिङ लिए « Khabarhub

यूएईबाट नेपाल आउन १५७ जनाले बोर्डिङ लिए


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले विदेशमा अलपत्र नेपालीको उद्धारको काम सुरू गरेको छ। आज म्यानमारबाट २६ नेपालीलाई सरकारले ल्याइसकेको छ भने अन्य मूलुकबाट पनि ल्याउने तयारी सुरू भएको छ ।

यसबीचमा अब यूएईमा अलपत्र परेका १५७ जना नेपाली नेपाल आउने अन्तिम तयारीमा पुगेका छन् । उनीहरुले बोर्डिङ लिएर उडानका लागि युएईको शारजहा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्ने समय पर्खिएर बसेका छन् ।

नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार युएईबाट साढे ३ भित्रमा विमान नेपाल आइपुग्ने छ । तर तर विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले भने युएईको विमान आजै आउने भनिए पनि कतिबजे भन्ने एकिन भइनसकेको जानकारी दिए ।

यूएईबाट नेपाली लिएर आउने विमान बिहान साढे ११ बजे आउने भनिएको भएपनि यूएईका अधिकारीहरूले उडानसँग सम्बन्धित केही विषय अझै प्रस्ट हुन बाँकी रहेको बताएपछि उडान अन्यौलमा परेको थियो ।

यसबारे दूतावासले थप सहजिकरण गरी अलपत्र नेपालीलाई ल्याउने अन्तिम तयारी गरेको हो ।

एयर अरेबियाको जहाजले ट्रान्सगार्ड सेक्युरेटिका ७९ र इजाजा कम्पनीका ६७ जना र अन्य ११ जना नेपाली नागरिक लिएर आउनेछ ।

स्रोतका अनुसार उनीहरु कम्पनी र आफ्नै खर्चमा नेपाल फर्किन लागेका हुन् ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  १२ : ४७ बजे

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित