रुकुम घटनाका दोषीलाई कारबाहीको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र « Khabarhub

रुकुम घटनाका दोषीलाई कारबाहीको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- दलित संघर्ष समिति पोखराले रुकुम घटनाका दोषीलाई कारबाहीको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

रुकुम पश्चिम चौरजहारीमा गाउँलेको कुटाइबाट नवराज विश्वकर्मा सहित छ जना युवाको युवाको मृत्युको घटनाका दोषीलाई कारबाहीको माग राख्दै पोखरा महानगरपालिका वडा नं ३३ वडाअध्यक्ष मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

समिति संयोजक प्रेमबहादुर सुनार नेतृत्वको टोलीले पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाएको हो ।

जातीय विभेद हुनु आफैंमा मानवअधिकारको हनन भएको भन्दै घटनाले पीडितलाई उचित न्याय दिलाउन माग गरिएको छ ।

दलित भएका कारण ज्यान गुमाउनु परेको अवस्थामा जातीय भेदभाव कसुर र सजाय ऐन २०६८ अन्तर्गत अपराधीलाई कानुनबमोजिम हदैसम्मको कारबाही गर्न समितिले माग गरेको छ ।

यस अघि जातीय उत्पीडनका विरुद्धमा विभिन्न नारा लेखिएका प्लेकार्डसहित उनीहरुले विरोध प्रदर्शन गरेका थिए । उनीहरुले पोखरा महानगरपालिका वडा नं ३३ बसपार्कहुँदै बरेली चोक, पानीट्याङ्की, महाकाली चोक, कालिकास्थान, भगवतीचौतारासम्म र्‍याली निकालेका थिए ।

विरोध र्‍यालीमा संयोजक प्रेमबहादुर सुनार, सह संयोजक शरण नेपाली, उप संयोजक राजकुमार सुनार, दलित संघर्ष समिति कास्कीका संयोजक दुर्गाबहादुर सुनार, कलाकार महेश गोदार लगायत स्थानीय युवाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ७ : ०७ बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल