गण्डकी प्रदेशमा ७५ जनालाई कोरोना भाइरसको संक्रमण « Khabarhub

गण्डकी प्रदेशमा ७५ जनालाई कोरोना भाइरसको संक्रमण


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

शनिवार प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको बिज्ञप्तिमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार स्याङ्जामा १०, कास्की र पूर्वीनवलपरासीमा ३–३ जना तथा बागलुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाको वालिङ नगरपालिकामा १६ देखि ५४ वर्षसम्मका ८ जना पुरुष र हरिनास नगरपालिकामा १८ र ४० वर्षका दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षका पुरुष तथा पोखरा महानगरपालिकाका ५९ वर्षका पुरुष कोरोना संक्रमित भएका छन् ।

नवलपरासीको बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिकामा १८, १९ र २७ वर्षका पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ ।

यस्तै बागलुङको ताराखोला गाउँपालिकामा ३९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशक डा. शर्माले जानकारी दिए ।

उनीहरु सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लाने तयारी भएको बिज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ७ : ३६ बजे

पहिरोले पृथ्वी राजमार्ग पूर्णरूपमा अवरूद्ध

काठमाडौं – धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजिक

सिरियाद्वारा इराकी सीमा क्षेत्रबाट हेजबुल्लाहका लागि जाने हतियार बरामद गरेको दाबी

दमास्कस – सिरियाले बिहीबार इराकसँगको आफ्नो सीमाबाट मिसाइलसहितको भारी हतियार

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व : मन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सबै नागरिकलाई विभेदरहित, सम्मानजनक

ओलीले धोका दिएको भन्दै जब गगनले प्रचण्डलाई भेटे…

काठमाडौं- औपचारिक निर्णय भइनसके पनि नेकपा एमाले- नेपाली कांग्रेस गठबन्धन