भाजपाकी नेतृबाट कर्मचारीमाथि चप्पल प्रहार « Khabarhub

भाजपाकी नेतृबाट कर्मचारीमाथि चप्पल प्रहार


२४ जेष्ठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको हरियाणामा भारतीय जनता पार्टीकी नेतृ सोनाली फोगाटले एक कर्मचारीमाथि चप्पल प्रहार गरेकी छन् ।

नेतृ सोनालीले भिडियोमा पिटिरहेका व्यक्ति एक अन्न बजारका कर्मचारी भएको बताइएको छ । कृषकका समस्या लिएर बजार पुगेकी सोनालीले कर्मचारीहरुसँग विवाद भएपछि चप्पल प्रहार गरेकी हुन् ।

कांग्रेस प्रवक्ता रणदीप सिंह सुरजेवालाल उक्त भिडियो ट्वीट गर्दै मनोहर लाल खट्टर सरकारमाथि कर्मचारीको अपमान गरेको आरोप लगाएका छन् ।

टिकटकबाट चर्चामा आएकी सोनाली फोगाट गत वर्ष भाजपामा सामेल भएकी थिइन् । उनी हरियाणा विधानसभा निर्वाचनमा कांग्रेसका कुलदिप बिश्नोईसँग पराजित भएकी थिइन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ९ : ५५ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते