निजगढ विमानस्थल निर्माणको पूर्वतयारी गर्न ६७ करोड खर्च « Khabarhub

निजगढ विमानस्थल निर्माणको पूर्वतयारी गर्न ६७ करोड खर्च


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको निजगढमा बन्ने दोस्रो अर्न्तराष्ट्रिय विमानस्थल निर्माणको पूर्वतयारी गर्न अहिलेसम्म ६७ करोड रुपैयाँ खर्च भएको छ ।

विमानस्थलको चारकिल्ला घेर्न ५४ किलोमिटर लम्वाई तारवार सम्पन्न गर्न ४ करोड ४३ लाख खर्च भई सकेको छ भने, ६५ विघा १५ कठ्ठा जग्गा मु-आब्जाका लागि ४३ करोड ६४ लाख वितरण आयोजनाका प्रमुख इन्जिनियर विजय यादवले बताए ।

अध्यक्ष यादवका अनुसार विमास्थलको पूर्वतर्फ बकैया खोलामा तटबन्ध निर्माणका लागि प्रकृया अघि बढी सकेको जसको ठेक्का चार्डै नैं हुने पश्चिम तर्फ रहेको पसाहा खोलामा २.५ किलोमिटर तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ ।

यसैबीच सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा पनि निजगढ विमानस्थल निर्माण गर्न बजेट विनियोजन गरेपछि निर्माणको काम अघि बढ्ने स्थानीयको अपेक्षा छ ।

कोरियन कम्पनीले विमानस्थल क्षेत्र भित्र सुविधा सम्पन्न होटलसंगै स्मार्ट सिटी सहितको अन्तर्राष्ट्रिय विमानस्थलको मोडल तयार पार्दै ठुलो परिमाणमा रुख मास्नु पर्ने देखाएको छ ।

सोही मोडल अनुसार वातावरणीय प्रभाव अध्यायन प्रतिवेदनले २४ लाख रुख काटिने तथ्यांक बाहिर ल्याएसंगै यो विषय अदालतमा पुगेको छ । अदालतले यो विषय टुंग्याएको छैन । आयोजनाले अहिले विमानस्थल निर्माणका लागि १९ सय हेक्टरमा काम गर्ने गरि गृहकार्य गरिरहेको छ ।

स्थानीयबासीले पनि विमानस्थल निर्माण क्षेत्रका बासिन्दालाई उचित रुपमा जिल्लाभित्रै स्थानान्तरण गर्नुपर्ने, रोजगारी दिनुपर्ने लगायतका माग राखेका छन् । स्थानीय टागियाबस्ती सरोकार समितिका अध्यक्ष रमेश सापकोटाले विमानस्थल निर्माण क्षेत्रमा बस्ने मानिसलाई उचित रुपमा व्यवस्थापन गर्नुपर्ने बताए ।

विमानस्थल आयोजनाले भने सबै समस्या समाधान गर्ने र स्थानीयको मागलाई सम्बोधन गर्ने गरी काम गरिरहेको यादवले बताए ।

निजगढ विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउदा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा २० लाख मानिसले रोजगारी पाउने वातावरण तथा अर्थविद सुरेन्द्र उप्रेती बताउँछन् । जीतलाल श्रेष्ठबाट

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  २ : २८ बजे

खामेनीको अन्त्येष्टिबीच अमेरिका–इरानबीच फेरि सैन्य आक्रमण

काठमाडौं– अमेरिका र इरानबीच सैन्य आक्रमणको श्रृङ्खला जारी रहँदा, इरानका दिवंगत

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६