भारतमा दैनिक ९ हजारका दरले बढ्न थाले कोरोना संक्रमित « Khabarhub

भारतमा दैनिक ९ हजारका दरले बढ्न थाले कोरोना संक्रमित


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना भाइरसका संक्रमित दैनिक ९ हजारका दरले बढ्न थालेका छन् ।

कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार नाघेको भारतमा केही दिन यता दैनिक संक्रमण पुष्टि हुनेको संख्या ९ हजार कट्न थालेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १० हजार ४३८ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६२२ पुगेको छ । एकै दिन अरू २९७ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ६ हजार ९४६ पुगेको छ ।

यसअघि शुक्रवार ९ हजार ४७१ जना संक्रमित थपिएको भारतमा बिहिबार पनि ९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो ।

भारत कोरोना भाइरस संक्रमितका आधारमा एसियामा सबैभन्दा बढी प्रभावित मुलुक हो ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख १३ हजार २३३ जना संक्रमणमुक्त भएका छन् ।

कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ५ : ४२ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा