भारतमा दैनिक ९ हजारका दरले बढ्न थाले कोरोना संक्रमित | Khabarhub Khabarhub

भारतमा दैनिक ९ हजारका दरले बढ्न थाले कोरोना संक्रमित


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना भाइरसका संक्रमित दैनिक ९ हजारका दरले बढ्न थालेका छन् ।

कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार नाघेको भारतमा केही दिन यता दैनिक संक्रमण पुष्टि हुनेको संख्या ९ हजार कट्न थालेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १० हजार ४३८ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६२२ पुगेको छ । एकै दिन अरू २९७ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ६ हजार ९४६ पुगेको छ ।

यसअघि शुक्रवार ९ हजार ४७१ जना संक्रमित थपिएको भारतमा बिहिबार पनि ९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो ।

भारत कोरोना भाइरस संक्रमितका आधारमा एसियामा सबैभन्दा बढी प्रभावित मुलुक हो ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख १३ हजार २३३ जना संक्रमणमुक्त भएका छन् ।

कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ५ : ४२ बजे

बस चल्न थालेपछि जग्गादाता खुसी

गलकोट– लहलह धान झुल्ने खेतमा बसपार्क बनाउन दिएको जग्गा २४

दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु

एजेन्सी – दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु

झापामा दुई पुरुष मृत भेटिए

दमक– जिल्लाको दमक र कमल गाउँपालिकामा आज बिहान एक वृद्धसहित

बगहीमा नेपाल-भारतको साझा छठघाट

महोत्तरी– महोत्तरी र धनुषाको सीमामा रहेको  बिगही नदीमा नेपाल(भारतको साझा

उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, करिब २०० जना कारबाहीमा

काठमाडौं– जेन-जी आन्दोलनपछि दसैँमा काठमाडौँका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए