भारतमा लकडाउन असफल : राहुल गान्धी « Khabarhub

भारतमा लकडाउन असफल : राहुल गान्धी


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले जारी राखेको लकडाउन असफल भएको टिप्पणी गरेका छन्।

उनले भारत सरकारले लिएको यस लकडाउनको नीतिले भारतमा कोरोना भाइरसको संक्रमण रोक्न नसकेको आरोप पनि लगाएका छन्।

उनले संक्रमितहरु दिनप्रति दिन बढ्दै गएका तर सरकारले लकडाउनको नीतिलाई राम्रोसँग पालना गराउन नसकेको बताएका छन्। उनले पछिल्ला दिनहरुमा भारतमा हरेक दिन ९ देखि १० हजार सम्म संक्रमितहरु थपिने गरेकोले सरकार यो महामारी रोक्न असफल भएको बताए।

उनले भारतमा पनि अमेरिका र बेलायतको जस्तो महामारीको अवस्था आउने कुरा पछिल्ला तथ्यांकहरुले देखाएको धारणा राखेका छन्। उनले सरकारले लगाएको लकडाउनले महामारी रोक्न नसकेपछि अब अरु विकल्पहरु रोज्नुपर्ने पनि ट्वीटमार्फत सुझाएका छन्।

भारतमा शुक्रबारमात्र ९ हजार ८५१ जना संक्रमित थपिएका थिए। यहाँ गएको २४ घन्टायता २७३ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको बताइएको छ। यहाँ यस भाइरसका २ लाख २६ हजार ७७० जना संक्रमति भएका छन्। यीमध्ये १ लाख १० हजार ९६० जना पोजेटिभ छन्। अरु निको भएर घर फर्कीएका छन्।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ८ : ५७ बजे

पुस्तान्तरण भइसकेको राजनीतिमा पुरानाको पुनरागमन असम्भव : बाबुराम भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकार बनेको सय

भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै

भोजपुर – मुलुकका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध

गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड

भैरहवा – नेपाल र भारतबीचको आर्थिक, व्यापारिक तथा लगानी सहकार्यलाई

सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहीबार सिंगापुरको विकास

दिक्तेल–चखेवाभञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा छ घर जोखिममा

खोटाङ – मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको माम्खामा ग्याबिन बाल (तारजालीसहितको