कोरोनाबाट सुरक्षित हुन ‘वर्गीय विभाजन’ : खर्च गर्नेलाई होटल, अन्यलाई सरकारी क्वारेन्टाइन ! « Khabarhub

कोरोनाबाट सुरक्षित हुन ‘वर्गीय विभाजन’ : खर्च गर्नेलाई होटल, अन्यलाई सरकारी क्वारेन्टाइन !


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टाइनको २ विकल्प दिएको छ ।

सरकारले शुक्रवारदेखि तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार थालेपछि बागलुङ भित्रिनेले इच्छा अनुसारको क्वारेन्टाइनमा बस्न पाउने भएका छन् ।

विदेशबाट आउनेले सुविधासम्पन्न क्वारेन्टाइनमा बस्न चाहेमा रकम तिरेर होटल क्वारेन्टाइनमा बस्न सक्नेछन् भने अन्यलाई सरकारी क्वारेन्टाइनमा निःशुल्क राखिने छ । बागलुङ जिल्लाका १० स्थानीय तहले १०० भन्दा बढी स्थानमा क्वारेन्टाइन व्यवस्थापन गरी १ हजार ४०० भन्दा बढी भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्दै आएको छ ।

भारतबाट आउनेलाई मात्रै क्वारेन्टाइनमा राख्न मुस्किल भएको स्थानीय तहलाई तेस्रो मुलुकबाट आउने भएपछि झनै चुनौती थपिएपछि होटलमा पैसा तिरेर क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाइएको हो ।

बागलुङमा सुविधासम्पन्न क्वारेन्टाइनको क्षमता विस्तार गर्नका लागि जिल्ला सदरमुकाममा रहेका होटललाई प्रयोगमा ल्याइने भएको छ । बागलुङ नगरपालिकाले जिल्लाका होटल व्यवसायीको सहकार्यमा रकम खर्च गरेर होटलमा बस्ने व्यवस्था गरेको र अन्यलाई निःशुल्क क्वारेन्टाइनमा राखिने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए ।

‘हामीले विदेशबाट आउनेलाई इच्छाअनुसारको विकल्प दिएका छौं,’ प्रमुख पौडेलले भने, ‘खर्च गरेर होटलमा बस्ने वा स्थानीय तहले बनाएको क्वारेन्टाइनमा निःशुल्क बस्ने रोज्न पाइने छ ।’

शुरूको चरणमा बागलुङका ६ वटा होटलमा १५० शय्या क्षमताको क्वारेन्टाइन बनाइने होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए । पहिलो चरणमा होटल पिस प्यालेस, समिट, दिराजन, हिलभ्यू, रेड एप्पल र त्रिवेणी होटललाई क्वारेन्टाइन बनाइने छ । थप क्वारेन्टाइनमा बस्ने आएमा अन्य होटललाई समेत क्वारेन्टाइनमा परिणत गर्न सकिने राजभण्डारीको भनाइ छ ।

होटलका कोठामा स्यानिटाइज गर्ने, प्याकेजिङ गरेर खान कोठामै पुर्‍याउने, स्वास्थ्य सचेतना प्रदान गर्ने लगायतका सुविधा हुनेछ । होटल क्वारेन्टाइनमा बस्न प्रतिव्यक्ति १ हजार ७५० र डबल शय्या कोठामा प्रतिव्यक्ति १ हजार ५०० शुल्क तय गरिएको होटल व्यवसायी संघले जनाएको छ । कूल १५० शय्या क्षमताको क्वारेन्टाइन शौचालयजडित र स्नान कक्ष भएको हुनेछ ।

जिल्ला सुरक्षा समितिले निर्णय गरेपछि क्वारेन्टाइन बनाइएको होटलमा सुरक्षाको व्यवस्थापनमा लाग्ने जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  १० : २१ बजे

सत्ता हातमा, संकट टाउकोमाथि : पश्चिम एसिया द्वन्द्वको चुनौती सामना गर्न तयार छन् बालेन ?

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपालको राजनीतिक

मुक्तिक्षेत्रमा भारी हिमपात, सडकसमेत अवरुद्ध हुनसक्ने

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ ।

पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेस्थित सडकमा पहिरो

शनिबार ईदको विदा

काठमाडौं– नेपाल सरकार, गृह मन्त्रालयले भोलि शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व