सीमा विवादबारे भएको भारत–चीन वार्ता सकारात्मक, निर्णय सार्वजनिक भएन « Khabarhub

सीमा विवादबारे भएको भारत–चीन वार्ता सकारात्मक, निर्णय सार्वजनिक भएन


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत र चीनबिच सीमा विवाद सुल्झ्याउने सम्बन्धमा शनिबार भएको वार्ताका विषयमा विस्तृत विवरण सार्वजनिक भएको छैन । तर सो वार्तामा पछिल्लो समय देखिएको तनाव अन्त्यबारे दुवै पक्षले आफ्नो धारणा प्रस्तुत गरेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

लद्दाखको पूर्वी क्षेत्रमा रहेको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा रहेको सुरक्षा चौकीमा भारत र चीनका सैनिक अधिकारीबिच महत्वपूर्ण वार्ता भएको हो । शनिबार बिहान ११ बजेपछि सुरु भएको बैठक लगातार तीन घण्टासम्म चलेको थियो ।

भारतका तर्फबाट लेफ्टिनेन्ट जनरल हरिंदर सिंहको नेतृत्वमा प्रतिनिधि सामेल थिए । यस्तै चिनियाँ टोलीको नेतृत्व मेजर जनरल लिउ लिनले गरेका थिए । दुवै तर्फ प्रतिनिधिले वार्तामा भएको कुरा आफ्नो नेतृत्व समक्ष राख्ने बताइएको छ ।

भारत र चीन दुवैले वार्तामा भएको कुराकानीका सम्बन्धमा कुनै पनि जानकारी सार्वजनिक गरेका छैनन् । तर केही सञ्चारमाध्यमले वार्ता सकारात्मक दिशामा गएको उल्लेख गरेका छन् ।

स्रोतलाई उद्धृत गर्दै पूर्वी लद्दाखको सीमासँग जोडिएका दुवै तर्फका क्षेत्रमा शान्ति कायम गर्ने विषयमा दुवै पक्ष सहमत भएको दाबी गरिएको छ । यसको अर्थ पैंगोंग ताल, गोगरा–हट स्प्रिङ्ग क्षेत्र र गलवान उपत्यकाबाट भारत र चीनले आफ्ना सैनिक तथा हतियार हटाउन सक्ने छन् ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  १० : ३७ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै