नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३ हजार ४४८ पुग्यो « Khabarhub

नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३ हजार ४४८ पुग्यो


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा आइतबार थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ३ हजार ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

आइतबार थपिएका संक्रमतिमध्ये २ सय ९ जना पुरुष र ४ जना महिला रहेका छन् ।

४६७ जना डिस्चार्ज

नेपालमा आइतबारसम्म ४६७ जना कोरोना भाइरस संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पछिल्लाे २४ घण्टामा १०२ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएसँगै निको हुनेको संख्या ४६७ पुगेको हो । पछिल्लो २४ घण्टामा २ जना महिला र १०० जना पुरुष डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

कुन प्रदेशमा कति संक्रमित ?

नेपालमा कोरोना भाइरस संक्रमित प्रदेश १ का १२ जिल्लामा २ सय ५९ जना रहेका छन् । त्यसैगरी  प्रदेश २ का ८ जिल्लामा एक हजार १ सय ६१ जना, बागमती प्रदेशका १२ जिल्लामा ९२ जना रहेका छन् ।

यसैगरी गण्डकी प्रदेशका ९ जिल्लामा एक सय ११ जना, प्रदेश ५ का १२ जिल्लामा १ हजार ८१ जना रहेका छन् ।

त्यस्तै  कर्णाली प्रदेका ९ जिल्लामा ६ सय ३३ जना र सुदुरपश्चिम प्रदेशका ९ जिल्लामा १ सय ११ जना संक्रमति भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ ।

रोल्पामा पनि संक्रमित थपिएसँगै देशभरका ७१ जिल्लामा कोरोना संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म १३ जनाको मृत्यु 

संक्रमितमध्य नेपालमा हालसम्म १३ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

नेपालमा कोरोनाका कारण हालसमम सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष,  पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष र सेती प्रादेशिकअस्पतालमा उपचाररत ५५ वर्षीया एक महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ४ : २३ बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन