लकडाउनले विदेशमा अलपत्र शव ल्याउने तयारी | Khabarhub Khabarhub

लकडाउनले विदेशमा अलपत्र शव ल्याउने तयारी



काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) का कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशी भूमिमा रोकिएका नेपालीका शव स्वदेश ल्याउने तयारी भएको छ ।

विदेशमा रहेका नेपाली नागरिकहरूको उद्धारसँगै शव पनि ल्याउने तयारी भएको हो । कोभिड–१९ का कारण उत्पन्न असहज परिस्थितिमा नेपाल ल्याउनै पर्ने अवस्थामा रहेका नेपालीलाई सहजीकरण गर्ने आदेश २०७७ मा जहाज चार्टड भएको बेला अलपत्र शव ल्याउने व्यवस्था परराष्ट्र र श्रम मन्त्रालयले मिलाउनुपर्ने उल्लेख गरिएको छ ।

ल्याइएका शव परिवारसम्म पुर्‍याउने व्यवस्था श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्नुपर्ने पनि उल्लेख गरिएको छ ।

नेपालमा लकडाउन भएको साढे दुई महिना भइसकेको छ । यस अवधिमा कोरोनासहित अन्य विभिन्न कारणले खाडी मुलुकमा २३८ जना नेपालीको ज्यान गएको छ ।

गत शुक्रबारसम्ममा सबैभन्दा बढी साउदी अरबमा ५८ जनाले ज्यान गुमाएका छन् । साउदी अरबपछि धेरै मलेसियामा ५२ जना नेपालीको ज्यान गएको छ ।

संयुक्त अरब इमिरेट्स (युएइ) मा पनि ५५ जना नेपालीको मृत्यु भएको छ । जसमध्ये केही शवहरू गन्तव्य मुलुकमै अन्त्येष्टिका लागि सहमति भए पनि धेरैजसो शवहरू परिवारजनले घर ल्याउन चाहेका छन् ।

कुन देशमा कति शव ?

वैदेशिक रोजगार बोर्डका अनुसार मलेसियामा ज्यान गुमाउने ५२ जनामध्ये ५ वटा शव उतै अन्त्येष्टिका लागि सहमति भएको छ । बाँकी ४७ शव नेपाल ल्याउनु छ ।

साउदी अरबमा ५८ शवमध्ये ९ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो । हालसम्म १३ जनाको शव उतै अन्त्येष्टिका लागि सहमति भएको छ । बाँकी ४५ वटा शव ल्याउनु छ ।

कतारमा ३७ वटा शवमध्ये ४ जनाको कोरोना भाइरस संक्रमणबाट र ३३ जनाको अन्य कारणबाट मृत्यु भएको हो ।  अहिलेसम्म १० वटा शव उतै अन्त्येष्टिका लागि सहमति भएको छ । बाँकी २७ वटा शव ल्याउनु छ ।

युएइमा रहेका ५५ वटा शवमध्ये ९ जनाको कोरोना भाइरसबाट मृत्यु भएको हो । अहिलेसम्म ४२ वटा शव उतै अत्येष्टिका लागि सहमति भएको भने १३ वटा शव ल्याउनु छ ।

बहराइनमा ७ नेपालीले ज्यान गुमाएकोमा २ जनाको उतै अन्त्येष्टिका लागि सहमति भएको छ भने ५ शव ल्याउनु छ ।

ओमानमा १ र दक्षिण कोरियामा ५ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोना भाइरस संक्रमणबाट खाडीका मुलुकमा २३ जना नेपाली श्रमिकको ज्यान गएको छ ।

वैदेशिक रोजगारीका क्रममा २३८ जनाले ज्यान गुमाएको बोर्डको तथ्यांक छ । त्यसमध्ये ८५ वटा शव गन्तव्य मुलुकमै अन्त्येष्टिका लागि सहमति भएको र बाँकी १५३ वटा शव अलपत्र रहेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए ।

श्रमिक ल्याउँदा ती अलपत्र शव पनि ल्याउने निर्णय भइसकेको श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए ।

उनले भने, ‘शव ल्याउन कार्ययोजना बनिरहेको छ तर कुन दिनबाट ल्याउने भन्ने निश्चित भएको छैन ।’

शव बोर्डले घर पुर्‍याइदिने 

सरकारले विदेशी भूमिमा रहेका शव स्वदेश ल्याउने कार्ययोजना बनाइरहँदा ती शवहरू परिवारसम्म पुर्‍याउन तयारी अवस्थामा रहेको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

‘एयरपोर्टदेखि घरसम्म पु¥याउने काम यसअघि पनि भइरहेको थियो अब पनि हुनेछ’उनले भने, ‘हामी तयारी अवस्थामा छौं ।’

अहिले लकडाउनका कारण आफन्तहरू काठमाडौँ आउन नसक्ने भएकाले  बोर्डले एक दिनमा २० वटा शव विभिन्न जिल्लामा पुर्‍याउने तयारी गरेको छ ।

शव पुर्‍याउने काम गर्नेहरूलाई स्वास्थ्य सामग्री दिएर सुरक्षित तरिकाले पुर्‍याउने सक्ने व्यवस्था गरेको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ७ : ५८ बजे

निजामती विधेयकमा चलखेल गर्नेलाई कारबाही हुनुपर्छ : कार्यवाहक प्रधानमन्त्री

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले निजामती

नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिन लाग्दा ६९ प्रतिशत मात्र प्रगति

त्रिवेणी– नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६९ प्रतिशत पुगेको

बाँदरको समस्याको विकल्पमा कागुनोखेती

गण्डकी– पोखरा महानगरपालिका–२८ काफलघारीका कृषक बाँदरको बढ्दो समस्यालाई दृष्टिगत गर्दै

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य

संविधानसभा सदस्य यादवको निधन

बारा– संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो