भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा ‘शान्ति पार्क’ बन्दै « Khabarhub

भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा ‘शान्ति पार्क’ बन्दै


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्द्रावती गाउँपालिकामा शान्ति पार्क निर्माण भइरहेको छ ।

भूकम्पमा परेर मृत्यु भएकाको स्मृतिमा शान्ति पार्कको निर्माण गरिएको हो । गाउँपालिकाको नवलपुरमा रु एक करोड ५० लाखमा पार्क निर्माणको काम भइरहेको अध्यक्ष वंशलाल तामाङले जानकारी दिए ।

उनका अनुसार भूकम्पमा मृत्यु भएका गाउँपालिका भरका मानिसको नाम सो पार्कमा लेखिनेछ । गाउँपालिकाभर भूकम्पमा परी ५०० ले ज्यान गुमाएका थिए ।

तत्कालीन सात गाविस मिलेर इन्द्रावती गाउँपालिका बनेको हो । भूकम्पमा सिन्धुपाल्चोकबाट मात्रै तीन हजार ५०० भन्दा बढीले ज्यान गुमाएका थिए । आगामी आर्थिक वर्ष ०७७/७८ मा शान्ति पार्क निर्माण भइसक्ने अध्यक्ष तामाङले बताए ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  १० : २० बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको