रुकुम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन « Khabarhub

रुकुम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुकुम घटनाबारे छानबिन गर्न संसदीय विषेश समिति गठन गरिएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकले नेकपा सांसद देवेन्द्र पौडेल संयोजकत्वमा ९ सदस्यीय संसदीय विशेष समिति गठन गरेको हो ।

समितिको नाम ‘चौरजहारी नगरपालिका, सोती घटना छानविन समिति’ रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी संसदीय विषेश समिति गठन गरेको जानकारी गराएका हुन् ।

समिति सदस्यहरुमा सांसदहरु एकवाल मिया, दुर्गा पौडेल, पार्वती विसुंखे, विमला विश्वशकर्मा, महेश्वरजंग गहतराज, मीन बिश्वकर्मा, रामसहायप्रसाद यादव र प्रकास रसाइली रहेका छन् ।

संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम घटनाको छानबि गर्न उच्चस्तरिय संसदीय समिति गठन गर्न माग गर्दै आएको थियो ।

चौरजहारी घटनामा नवराज विक लगायत ६ जना जाजरकोटका युवाको मृत्यु भएको थियो । दलित युवाले मल्ल थरकी युवतीसँग विवाह गर्न खोज्दा उक्त घटना भएको थियो ।

जेठ १० गते भएको रुकुम घटनामा दलित युवाहरूमाथि केटी पक्षका मान्छेहरूले हमला गरेका थिए । जाजरकोटका युवा नवराज विक मल्ल थरकी केटीसँग प्रेम सम्बन्धमा रहेका थिए ।

यो घटनामा मृत्यु हुनेमा नवराज विक, गणेश बुढामगर, टीकाराम नेपाली, लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जु विक रहेका छन् ।

उक्त घटनामा संलग्न रहेको आरोपमा वडाध्यक्ष डम्मरबहादुर मल्लसहित डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, वीरबहादुर मल्ल, प्रकाशी मल्ल, सन्तोष मल्ल, मोहन पुनमगर, रमेशबहादुर मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल लगायतलाई प्रहरीले पक्राउ गरेर छानबिन अगाडि बढाएको छ ।

गृहमन्त्रालयले सहसचिवको नेतृत्वमा गठन गरेको ५ सदस्यीय छानबिन समितिले समेत अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ६ : ३७ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको