कोरोना भाइरसले विश्वभर ७१ लाख ९३ हजार संक्रमित, ४ लाख ८ हजारको मृत्यु « Khabarhub

कोरोना भाइरसले विश्वभर ७१ लाख ९३ हजार संक्रमित, ४ लाख ८ हजारको मृत्यु


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ८ हजार नाघेको छ ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार १४७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख ८ हजार ६०९ पुगेको छ ।

विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि संक्रमित हुने मानिसको संख्या ७१ लाख ९३ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ६ हजार ३५७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७१ लाख ९३ हजार ३१५ पुगेको छ ।

३२ लाख ४९ हजार २०६ जनाको उपचार भइरहेकोमा ५३ हजार ७९८ जनाको अवस्था गम्भीर छ । ३५ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा मंगलबार बिहानसम्म १ लाख ७९ हजार ३६० जनाको मृत्यु भएको छ ।

२१ लाख ९ हजार १७८ जना संक्रमित भएकोमा १० लाख ८८ हजार ९१५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३६ हजार ३८५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ लाख ३ हजार ३३६ पुगेको छ । त्यसमध्ये ९ लाख ४३ हजार २७७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३५ हजार ६३९ जनाको मृत्यु भएको छ । १३ लाख ९२ हजार ४८२ जना संक्रमित भएकोमा ८ लाख ४२ हजार ९१४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ५१ हजार ३२७ जनाको मृत्यु भएको छ । ११ लाख ७६ हजार २७६ जना संक्रमित भएकोमा ५ लाख ५९ हजार ९६१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ५ हजार ३९० जनाको ज्यान गएको छ भने १ लाख ९९ हजार संक्रमित छन् । संक्रमितमध्ये ८८ हजार २१२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८७५ जना संक्रमित भएकोमा ८ हजार २९४ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ६ : ५४ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम