जम्मु काश्मिरमा २२ आतंककारी मारिएको भारतीय सेनाको दाबी « Khabarhub

जम्मु काश्मिरमा २२ आतंककारी मारिएको भारतीय सेनाको दाबी


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतको जम्मु काश्मिरमा शीर्ष आठ कमाण्डरसहित २२ जना आतंककारी मारिएको भारतीय सेनाले दाबी गरेको छ ।

भारतीय सुरक्षाकर्मीहरुको चलाएको सुरक्षा कारबाहीका क्रममा पछिल्लो १५ दिनमा उनीहरु मारिएको सुरक्षा श्रोतले जनाएको हो ।

मुस्लिम धर्मावलम्बीहरुको बाहुल्यता रहेको त्यस क्षेत्रमा मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इदका अवसरमा केही दिन अगाडी सुरक्षा कारबाही रोकिए पनि त्यसपछि फेरी सुरु भएको हो ।

इस्लामिक स्टेट्स (आइएस) का जम्मु काश्मिर कमाण्डर अडिल अहम्मद वामी र लश्कर ए तैवाका शाहिन अहमद थोकरलाई यही मे २५ तारिखका दिन मारिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी अन्य कमाण्डर र लडाकूहरु पनि फरक फरक मितिमा मारिएको सुरक्षा श्रोतले जनाएको समाचारमा उल्लेख गरिएको छ ।

जम्मु काश्मिरका प्रहरी महानिरिक्षक डिल्बाग सिंहले यस बर्ष अहिलेसम्ममा ८८ जना लडाकू मारिएको यसअघि नै जानकारी दिएका थिए ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ५ : १९ बजे

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन

संविधानको रक्षा र मुलुकको समृद्धिका लागि उम्मेदवारी : एमाले सचिव राई 

भोजपुर– नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका

क्रिकेट विश्वकप तयारी : मुम्बईमा अभ्यास (फोटो फिचर)

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ– मुस्ताङ, हुम्ला र बाजुराका विभिन्न भागमा हिमपात भएको छ