कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू) « Khabarhub

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा १८७ रनको लक्ष्य पछ्याएको कर्णालीले १९।५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

कर्णालीको जितमा कप्तान सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ६२ रन बनाए । उनले ३२ बलमा ६ चौका र ४ छक्का प्रहार गरे । बलिङतर्फ पनि प्रभावशाली प्रदर्शन गरेका सोमपालले ४ ओभरमा ३३ रन दिएर ४ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो । विराटनगरका लागि लोकेश बमले ५२ बलमा ८७ रन बनाए । उनको इनिङ्समा ३ चौका र ९ छक्का समावेश थियो ।

तर, लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगरले जित निकाल्न सकेन । कर्णालीले रोमाञ्चक जित दर्ता गर्दै प्रतियोगितामा आफ्नो प्रभाव कायम राख्यो ।

कर्णाली र विराटनगरबीचको प्रतिस्पर्धाका क्रममा मैदानमा देखिएका विभिन्न दृश्य, खेलाडीको प्रदर्शन र जितपछिको खुसीलाई तस्बिरमा हेर्न सकिन्छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ९ : ०६ बजे

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा