बिहान १० देखि साँझ ५ बजेसम्म व्यवसाय सञ्चालनको व्यवस्था मिलाउन अनुरोध | Khabarhub Khabarhub

बिहान १० देखि साँझ ५ बजेसम्म व्यवसाय सञ्चालनको व्यवस्था मिलाउन अनुरोध


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरा चेम्बर अफ कमर्सले कोरोनाको मारमा परेको अर्थतन्त्रलाई थोरै मात्रामा भए पनि चलायमान बनाउन बन्दाबन्दीलाई खुकुलो बनाउनुपर्ने माग गरेको छ ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ज्ञापनपत्र पेस गर्दै चेम्बरले नेपाल सरकारको निर्देशनमा रोक्का गरिएबाहेकका मझौला तथा साना व्यवसाय बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

चेम्बर अफ कमर्स कास्की वस्तुगततर्फका उपाध्यक्ष तथा चेम्बर, कोभिड –१९ नियन्त्रण तथा न्यूनीकरण उच्चस्तरीय समन्वय समितिका संयोजक यमनाथ पौडेलले स्वास्थ्य सतर्कता र सामाजिक दूरी कायम गरी उद्योगव्यवसाय सञ्चालन गर्ने वातावरणका लागि महानगरपालिका र स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको जानकारी दिए ।

ज्ञापनपत्रमा निर्माण सामग्रीहरुको आपूर्ति साँझ ५ देखि राति १० बजेसम्म गर्ने व्यवस्था मिलाउन एवं होटल तथा रेष्टुरेन्ट व्यवसायीबाट प्याकिङ खाना उपलब्ध गराउन माग गर्दै सरकारले गर्ने हरेक अनुगमनमा चेम्बरको सहभागिताका लागि आग्रह गरिएको छ ।

चेम्बर अफ कमर्स कास्कीका महासचिव उमराज बास्तोलाले चेम्बरले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डको पालना गरी उद्योगव्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता जनाएको बताए ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ६ : १९ बजे

निजी मेडिकल कलेजले सरकारको निर्णय मान्दिनँ भन्न मिल्दैन : स्वास्थ्यमन्त्री पौडेल 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजमा कार्यरत

भोलिको संसद्‌मा पहिलो सम्बोधन प्रधानमन्त्रीले गर्ने

काठमाडौं– संसद् अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले

कर्णालीमा चार जिल्लाका प्रहरी प्रमुख फेरिए, सुर्खेतमा सूचना अधिकारी

सुर्खेत– प्रहरी प्रधान कार्यालय काठमाडौंले एक सय २१ प्रहरी नायव

आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की

नयाँदिल्ली– हिमालय क्षेत्रमा भएको भीषण आक्रमणमा दुई दर्जनभन्दा बढी भारतीय

जिल्ला प्रशासन कार्यालय बाँकेमा टोकन प्रणाली

नेपालगन्ज– बाँकेमा सेवाग्राहीलाई छिटो छरितो र सहज सेवा प्रवाहका लागि