बिहान १० देखि साँझ ५ बजेसम्म व्यवसाय सञ्चालनको व्यवस्था मिलाउन अनुरोध « Khabarhub

बिहान १० देखि साँझ ५ बजेसम्म व्यवसाय सञ्चालनको व्यवस्था मिलाउन अनुरोध


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरा चेम्बर अफ कमर्सले कोरोनाको मारमा परेको अर्थतन्त्रलाई थोरै मात्रामा भए पनि चलायमान बनाउन बन्दाबन्दीलाई खुकुलो बनाउनुपर्ने माग गरेको छ ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ज्ञापनपत्र पेस गर्दै चेम्बरले नेपाल सरकारको निर्देशनमा रोक्का गरिएबाहेकका मझौला तथा साना व्यवसाय बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

चेम्बर अफ कमर्स कास्की वस्तुगततर्फका उपाध्यक्ष तथा चेम्बर, कोभिड –१९ नियन्त्रण तथा न्यूनीकरण उच्चस्तरीय समन्वय समितिका संयोजक यमनाथ पौडेलले स्वास्थ्य सतर्कता र सामाजिक दूरी कायम गरी उद्योगव्यवसाय सञ्चालन गर्ने वातावरणका लागि महानगरपालिका र स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको जानकारी दिए ।

ज्ञापनपत्रमा निर्माण सामग्रीहरुको आपूर्ति साँझ ५ देखि राति १० बजेसम्म गर्ने व्यवस्था मिलाउन एवं होटल तथा रेष्टुरेन्ट व्यवसायीबाट प्याकिङ खाना उपलब्ध गराउन माग गर्दै सरकारले गर्ने हरेक अनुगमनमा चेम्बरको सहभागिताका लागि आग्रह गरिएको छ ।

चेम्बर अफ कमर्स कास्कीका महासचिव उमराज बास्तोलाले चेम्बरले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डको पालना गरी उद्योगव्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता जनाएको बताए ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ६ : १९ बजे

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३ शून्यले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ

विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी

काठमाडौँ – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा अर्को

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक

काठमाडौँ – विश्वकप फुटबल २०२६ को पहिलो खेलमा अर्जेन्टिनाका कप्तान

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाडौँ– नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी

अल्जेरियाविरुद्ध अर्जेन्टिना २-० ले अघि, दोस्रो गोलसँगै मेसी कीर्तिमानको नजिक

काठमाडौँ — कप्तान लियोनेल मेसीको व्यक्तिगत दोस्रो गोलको मद्दतले विश्वविजेता