अष्ट्रेलियामा एसियालीविरूद्ध भेदभाव भएको चीनको आरोप « Khabarhub

अष्ट्रेलियामा एसियालीविरूद्ध भेदभाव भएको चीनको आरोप


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अष्ट्रेलियामा कोरोनाबा भाइरसको संक्रमणपछि एसियालीविरुद्ध भेदभाव देखिएको चीनले आरोप लगाएको छ ।

अष्ट्रेलियाले अहिले पनि कोरोनाको महामारी प्रभावकारी रूपमा नियन्त्रण गर्न नसकिएको तथा एसियाका नागरिकमा भेदभाव हुने भएकाले तत्काल त्यहाँ अध्ययनका लागि नजान उसले आफ्ना नागरिकलाई अपिल गरेको छ ‍।

चीनको शिक्षा मन्त्रालयले कोरोनाको खतरा र देखिएको भेदभावलाई सम्भावित जोखिमको रूपमा देखाउँदै तत्कालै पढ्नको लागि नजान भनेको हो ।

अन्तर्राष्ट्रिय भ्रमण र खुला क्याम्पसहरूमा जोखिम रहेको भन्दै अब त्यहाँ पढ्न जाने वा नजानेबारे गम्भीर छलफल गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि लोकप्रिय गन्तव्य अष्ट्रेलियामा चीनको उक्त आरोपसँगै त्यहाँ चिनियाँ विद्यार्थीको संख्या घट्ने आकलन हुन थालेको छ ।

अष्ट्रेलियाले कोरोना भाइरसको उद्भवका बारेमा स्वतन्त्र अनुसन्धानको लागि आह्वान गरेदेखि चीन र अष्ट्रेलियाबीचको सम्बन्ध चिसिदै गएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ५ : ४८ बजे

न्युयोर्कमा नेतान्याहुविरुद्ध प्रदर्शन, हलिउड अभिनेत्री सारन्डन पक्राउ

न्युयोर्क- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध बिहीबार न्युयोर्कमा भएको प्रदर्शनका क्रममा हलिउड

सीका लागि ट्रम्पको राजकीय रात्रिभोज

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका

ढोरपाटनमा सिकार याम सुरु, दश नाउर र सात झारलका लागि अनुमति

बागलुङ– ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याम सुरु

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

काठमाडौं– प्रतिकूल मौसमका कारण देशभरका केही विमानस्थलमा हवाई उडान प्रभावित

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं- रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ की ३३ वर्षीया एक महिलाको जटिल