रुकुम चौरजहारी घटना : अनुसन्धान गर्न थप ३ जना पक्राउ « Khabarhub

रुकुम चौरजहारी घटना : अनुसन्धान गर्न थप ३ जना पक्राउ


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम– रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको सोती गाउँमा गत जेठ १० गते ६ जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान गर्न थप ३ जना स्थानीय पक्राउ परेका छन ।

घटनाको थप अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

पक्राउ पर्नेमा स्थानीय घमण्ड मल्ल, बिष्णु मल्ल र सबिन पुन छन । घमण्ड र विष्णु मृतक परिवारले कर्तब्य ज्यानको किटानी जाहेरी गरेका फरार ब्यक्ति हुन भने सबिन थप अनुसन्धानका लागि पक्राउ गरिएका हुन ।

योसँगै मृतक परिवारले २० जनालाई किटानी जाहेरी गरेकोमा उनीहरु सबै पक्राउ परिसकेका छन । किटानी जाहेरी गरिएकासँगै थप अनुसन्धान गर्न अन्य ८ जनालाई पक्राउ गरेसंगै उक्त घटनामा पक्राउ पर्नेको संख्या २८ पुगेको छ ।

यसअघि पक्राउ परेकालाई २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उक्त घटनाको अनुसन्धान प्रकृया अन्तिम चरणमा पुगेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  १२ : २३ बजे

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका

कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या

बागमती– हेटौँडा उपमहानगरपालिका वडा नं ९ र १० भएर बग्ने

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश