रुकुम चौरजहारी घटना : अनुसन्धान गर्न थप ३ जना पक्राउ « Khabarhub

रुकुम चौरजहारी घटना : अनुसन्धान गर्न थप ३ जना पक्राउ


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम– रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको सोती गाउँमा गत जेठ १० गते ६ जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान गर्न थप ३ जना स्थानीय पक्राउ परेका छन ।

घटनाको थप अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

पक्राउ पर्नेमा स्थानीय घमण्ड मल्ल, बिष्णु मल्ल र सबिन पुन छन । घमण्ड र विष्णु मृतक परिवारले कर्तब्य ज्यानको किटानी जाहेरी गरेका फरार ब्यक्ति हुन भने सबिन थप अनुसन्धानका लागि पक्राउ गरिएका हुन ।

योसँगै मृतक परिवारले २० जनालाई किटानी जाहेरी गरेकोमा उनीहरु सबै पक्राउ परिसकेका छन । किटानी जाहेरी गरिएकासँगै थप अनुसन्धान गर्न अन्य ८ जनालाई पक्राउ गरेसंगै उक्त घटनामा पक्राउ पर्नेको संख्या २८ पुगेको छ ।

यसअघि पक्राउ परेकालाई २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उक्त घटनाको अनुसन्धान प्रकृया अन्तिम चरणमा पुगेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  १२ : २३ बजे

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच