हवाई दुर्घटनामा एस–७ की सह-सञ्चालिका नटालियाको निधन « Khabarhub

हवाई दुर्घटनामा एस–७ की सह-सञ्चालिका नटालियाको निधन


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्लिन– रुसको दोश्रो सबैभन्दा ठूलो हवाई सेवा प्रदायक कम्पनी एस ७ की सह सञ्चालिक तथा अध्यक्ष नटालिया फेइलेभाको विमान दुर्घटनामा मृत्यु भएको छ । जर्मनीको फ्राङ्कफर्ट शहरमा उनी चढेको निजी विमान दुर्घटना हुँदा उनकाे मृत्यु भएको हो ।

सञ्चालिका नटालियासहित दुई यात्रु र एक पाइलट सवार एपिक एलटी विमान फ्राङ्कफर्टको इलेबाख विमानस्थलनजिक दुर्घटनाग्रस्त भएको थियो ।

विमान फ्रान्सको कान शहरबाट उडेको विमानमा सवार अन्य दुईको पनि मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै जर्मन सञ्चारमाध्यमले जनाएका छन् ।

६० करोड अमेरिकी डलरभन्दा धेरैको सम्पत्ति रहेकी फेइलेभा रुसकी सबैभन्दा धनाढ्य महिलाको सूचीमा आउने समेत बताइन्छ ।
रुसी र अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुले दुर्घटनाबारे अनुसन्धान शुरु गरिसकेको बताइएको छ ।

साइबेरियन एयर पनि भनिने हवाई सेवा प्रदायक कम्पनी एस ७ ले दुर्घटना हुनुको कारणबारे स्पष्ट भइनसकेको जनाएको छ । २६ मुलुकका १ सय ८१ शहरमा ९६ विमानमार्फत् हवाई सेवा दिँदै अएको साइबेरियन एयर रुसको सबैभन्दा ठूलो हवाई सेवा कम्पनी एरोलफ्ट पछिको दोश्रो ठूलो विमान सेवा प्रदायक कम्पनी हो ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ४ : ५९ बजे

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो वर्षाको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इङ्गल्याण्ड र अर्जेन्टिना भिड्दै: कुन टिम पुग्ला फाइनल ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत एटलान्टामा हुने सेमिफाइनल खेलमा

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

ह्वाइट हाउसमा ट्रम्प र इराकी प्रधानमन्त्री अल-जैदीबीच भेट, ‘आर्थिक साझेदारी’ मा जोड

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री अली

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६